Photo of Milford Sound in New Zealand

जनकपुर, भदौ १० – धनुषामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका व्यक्तिको झोलामा २७ लाख रुपैयाँ फेला परेको छ । शनिबार दिउँसो ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-४ स्थित जलाद पुल नजिक बा ६९ प ४८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

घाइतेको परिचय खुल्न नसकेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको साथमा रहेको कालो झोलामा २७ लाख रुपैयाँ छ । घाइतेको स्थानीय स्तरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारको लागि विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट

The post मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते, घाइतेको झोलामा २७ लाख भेटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vfWIRB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top