Photo of Milford Sound in New Zealand

राजनराज सिवाकोटीद्धारा संगीतबद्ध गरिएको तथा आवाजमा रहेको सिनेमा दुई रुपैयाको कुटुमा कुटु युट्युबमा २ करोड भ्युजको नजिकै पुग्दा यसको मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको मेकिङ भिडियोमा संगीतकार देखि कलाकारहरु सम्मको अनुभव र अभ्यास गर्दाको रमाइलो पललाई समेटिएको छ । कुटुमा कुटुको संगीत , स्वर , कम्पोज देखि कोरियोग्राफी र कलाकारको प्रस्तुती सबैलाई रुचाउनुको पछाडि पट्टी कडा परिश्रम नै देखिएको छ ।

भिडियोमा कलाकार तथा सिनेमाका कथाकार आसिफले आफूले कयौँ पटक प्रयास गर्दा पनि नाँच्न नसकेको भन्दै त्यो पललाई रमाइलो ढंगमा व्यक्त गरेका छन् । उनी भन्छन् ः ‘गीतमा कयौँ पटक नाच्न कोशिष गरियो । घरी खुट्टा मात्रै हल्लिने , घरी हात मात्रै , कहिले टाउको मात्रै । त्यसै विचमा स्वस्तिमा र निश्चल जस्लाई सिने जगतमा राष्ट्रिय दाजु भाउजु भन्छौँ । उहाँहरु आएर फटाफट नाच्नु भयो । म त हेरेको हेरैँ भएँ । मैले सोचेँ मेरो अब राष्ट्रियस्तरको बेइज्जत हुने भयो । ’ हेर्नुहोस कुटुमा कुटुको मेकिङ भिडियो


gufgaf.com

The post निश्चल र स्वस्तिमाको कारण आसिफको झण्डै राष्ट्रिय बेइज्जत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2is16a8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top