Photo of Milford Sound in New Zealand

विराटनगर : विराटनगरका एक भिखारीको घरमा झण्डै सवा ३ लाख रुपैयाँ फेला परेको छ। विराटनगरको काली मन्दिर, विराटेश्वर मन्दिर, सरस्वती मन्दिर, शनि मन्दिरलगातका क्षेत्रमा सिजनअनुसार भिख माग्दै हिँड्ने ६५ वर्षीय महेश मण्डलको घरमा सो परिमाणमा पैसा फेला परेको हो। २०६९ साल जेठमा विराटनगरमा भिखारीलाई न्यूनतम ५ रुपैयाँ दिनुपर्ने भन्दै आन्दोलन गरेको विषयले निकै चर्चा पाएको थियो। त्यही आन्दोलनका नेतृत्वकर्ता मण्डलको घर १० दिनअघि विराटनगरको सिंघिया खोलामा आएको बाढीले भत्काइदियो। विराटनगर– ७ को सरस्वती टोलको खोला किनारमा छाप्रो बनाएर बसेका मण्डलको भत्किएको घर पन्छाउने क्रममा आइतबार ३ लाख ७ हजार ४ सय २६ नेपाली रुपैयाँ र ६ हजार २ सय ४ भारतीय रुपैयाँ फेला परेपछि टोलमा हल्लिखल्ली भयो।

घर भत्किएको एक हप्तासम्म राहत तथा उद्धारमा आउनेहरुलाई घर एरियामा छिर्न नदिएका उनले नेपाली सेनासहितको टोलीलाई भने सामान हटाउने अनुमति दिए। उनले घरमा कसैलाई पस्न नदिनुको राज पैसै थियो। सेनाको टोलीले पैसाको सुरक्षा आफूले गरिदिने बताएपछि उनले घरको सामान हटाउन मञ्जुरी दिएका थिए। ‘मेरो पैसा प्रशासनले लगेको छ,’ मण्डलले भने, ‘अब बैंकमा राखिदिने रे, मेरो पैसा कहिँ हराउँदैन।’ विराटेश्वर मन्दिरमा सोमबार सबेरै भिख माग्न आएका उनले आफ्नो नागरिकता नभएको भन्दै पटक-पटक दुखेसो गरे। भारतको दरभंगाबाट झण्डै ४० वर्षअघि नेपाल आएका उनी होटलमा मागेर खाने गर्दथे। शारीरिकरुपमा अशक्त उनी विस्तारै मन्दिर अगाडि भिख माग्न थाले। भिख मागेरै आफू र आफ्नी श्रीमती पाल्दै आएको बताउने मण्डल ह्विल चेयरमा हिँड्छन्। मण्डल बसोबास गरेको घरमा पुग्दा बिहानै उनी भिख माग्न हिँडिसकेको उनकी श्रीमतीले बताइन्। छिमेकीका अनुसार मण्डल सिजनअनुसार विराटनगरका हरेक मन्दिरमा भिख माग्न जान्छन्।

उनको घरमा प्राप्त रकम सो वडाका अध्यक्ष मधुबाबु तिवारी, उद्धारमा खटिएका नेपाली सेना तथा स्थानीय युवा समूहको रोहबरमा टोल विकास समितिको खातामा जम्मा गर्ने सहमति भएको छ। ‘मण्डलकै जिम्मामा दिँदा पैसा लुटिने र असुरक्षा हुने देखियो,’ वडा अध्यक्ष तिवारीले भने, ‘टोल विकास समितिको खातामा जम्मा गरिदिने र आवश्यकता अनुसार उनलाई दिने भन्ने सहमति भएको छ।’ नेपाली सेनाले भेट्टाएको उक्त रकम तिवारीलाई जिम्मा लगाइएको थियो। तिवारीले भने जिल्ला प्रहरी कार्यालयलाई पैसा राख्न दिएको जानकारी दिए।
source:thahakhabar

The post विराटनगरका भिखारीको घरमा बोरामा भेटिए पैसाका बिटाका बिटा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2viujp8
via IFTTT
21 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top