Photo of Milford Sound in New Zealand

कञ्चनपुर । सशस्त्र प्रहरी बलका प्रहरी जवान नरेन्द्र कुँवरको शुक्रबार अन्त्येष्टि गरिएको छ । धार्मिक परम्परा अनुसार महाकालीमा कुँवरको अन्त्येष्टि गरिएको हो । कुवँरका काका हर्क सिह कुँवरले दागबत्ति दिएका छन् भने सशस्त्र प्रहरी बलको एक टुकुडीले कुँवरलाई सलामी दिएको छ ।

कुँवरका आफन्तले हत्यारालाई कार्वाही गरिनुपर्ने माग अघि सारेका छन्। हत्यारालाई सार्वजनिक गर्न ढिलाई भएको भन्दै पीडित परिवारका आफन्त , परिवार स्थानीयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल समक्ष कार्बाहीको माग राखेका छन् । मृतक कुँवरका दाई शंकर कुँवरले घटना गम्भिर भएकाले दोषिलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खनाललाई भेटेर घटनाको सत्यतथ्य छानबिन गरेर कार्वाहीको माग राखेको बताए ।

कुँवरले घटनाको एक एक कोण अध्ययन गरेर छानबिनमा जोडदिएका छन् । पीडित परिवार समक्ष कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी प्रशासन लागेर पीडित परिवारलाई न्याय दिलाउने आवश्वासन दिएका छन् ।

राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कुँवरको शव भीमदत्त नगरपालिका–६ नहरमा ढुङ्गा प्रहार गरी हत्या गरेको अवस्थामा बिहीबार फेला परेको थियो । कञ्चनपुर प्रहरीका अनुसार कुँवरले डियुटी सकेर घर जाने क्र्ममा बुधबार राती महेन्द्रगरको न्यू संगम होटेल एण्ड लजमा नास्ता खाएका थिए । होटेलमा विवाद भएको समेत प्रहरीले जनाएको छ ।

प्रहरीले दुई युवती सहित सात जना संकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । माया बोहरा, ज्ञानु विष्ट र मृतक कुँवरकै साथी सशस्त्र प्रहरी बलका अर्का सशस्त्र प्रहरी जवान भानु भनिने भान ब. विष्ट, होटेल संचालक तरुण अवस्थी, र सन्तोष श्रेष्ठ, लक्ष्मण विक, राकेश चन्दलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकास बहादुर चन्दले घटनाको अनुसन्धान भईरहेको बताए । दोषि सार्वजनिक नगरिए कडा आन्दोलन थाल्ने यहाँका स्थानीयले चेतावनी दिएका छन् ।

The post सशस्त्र प्रहरीका जवान कुँवरको महाकालीमा अन्त्येष्टि, हत्यारालाई कार्वाहीको माग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vyg1ks
via IFTTT

0 comments:

Post a Comment

add

 
Top