Photo of Milford Sound in New Zealand

काठमाडौँ, ३० जेठ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौँ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।

प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो, “मेलम्ची आयोजनाको काम गराइले काठमाडौँको बिद्युत् आपूर्तिमा (सप्लाईमा) अवरोध आएकामा दुःख लागेको छ । न मौसम खराब छ, न प्रसारण लाइनमा कुनै समस्या न त विद्युत् उत्पादन घटेको छ, तर मानवीय त्रुटिकै कारण बारम्बार यस्तो घटना दोहोरिनु विडम्बना हो ।”

सोमबार राति १० बजे मीनभवन सबस्टेसनबाट निस्कने बानेश्वर फिडरमा समेत मेलम्ची खानेपानी आयोजनाका कामदारले भूमिगत काम गर्दा विद्युत्को भूमिगत केवल क्षति भएको र वानेश्वर क्षेत्रमा बिद्युत् आपूर्तिमा समस्या आएको प्रवक्ता अधिकारीले बताउनुभयो । प्रवक्ता अधिकारीले विद्युत् प्रणाली रहेका स्थानमा काम गर्नुभन्दा पहिले प्राधिकरणको सम्बन्धित शाखा तथा वितरण केन्द्रमा सम्पर्क राखेर समन्वय गरेर काम गर्न मेलम्ची खानेपानी आयोजनालाई आग्रह गरेको छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rmB6Bc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top