Photo of Milford Sound in New Zealand

बझाङ, असार २७ – दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा तीन बालक सेती नदी घाट गंगामा परी हराएका छन् । माइत आएकी दिदीलाई पुर्याउन गएर फर्कंदा उनीहरुलाई नदीले बगाएको हो ।

काँडा गाउँपालिका वडा नम्बर २ का कक्षा १० मा पढ्ने १७ वर्षका धिरेन्द्र बोहरा, कक्षा ८ मा पढ्ने १५ वर्षका उज्वल बोहरा र कक्षा ८ मा नै पढ्ने १४ वर्षका लोकेन्द्र बोहरा हराएका हुन् । तीनै जना बालक काँडा गाउँपालिकामा रहेको धलौन माविमा पढ्थे ।

काँडा गाउँपालिका–२ धलौन बस्ने लोकेन्द्र बोहराकी दिदी सृजना बोहराले मंसिर महिनामा काँडा गाउँपालिका–३ बाँच्चौकाका गोपी बोहरासँग भागी विवाह गरिन् । केही समय सृजनाकी आमा मागी बोहरा र बुबा दलजीत बोहरा खुबै रिसाउनु भयो । छोरीले भागी विवाह गरी भनेर केही समय रिसाए पनि । छोरीले पराई घर जानै पर्ने, रिसाएर के हुन्छ ? भनेर गाउँलेले पनि सम्झाए । अनि बुबा आमाले पनि चित्त बुझाए ।

मंसिर महिनाको कुरा हो । बुबा आमाले चित्त बुझाएको खबर छोरी सृजनाको कानमा पर्यो सृजना माइती मान्न वैशाख महिनामा माइती घर पुगिन् । पोइली पक्षका केही मान्छेसमेत लिएर सबै माइतीलाई मानिन् । र माइती पक्षका सबैले पनि सृजनालाई टिका टालो लगाई दिए । रमाइलो गरे । वैशाखमा माइती मान्न आएकी सृजनालाई पोइली घरसम्म पुर्याउने गाउँमा मान्छे कम भए । वैशाख महिना यार्सा संकलन गर्ने सिजन भएकाले धेरै जस्तो गाउँले यार्सा संकलन गर्न लेकतर्फ हिँडिसकेका थिए । सृजना र उहाँको माइती परिवार र गाउँले सबै लेक तिर नै यार्सा संकलन गर्न गए ।

अनि असार महिनाको अन्तिमतिर मात्र यार्सा संकलन गरेर घर फर्कने गरेका यहाँका सबै स्थानीय बासिन्दा असार महिनाको पहिलो हप्ता नै गाउँ फर्र्किए, यार्सा संकलन गर्न छोडेर । किनभने स्थानीय तहको चुनावको माहोल थियो । स्थानीय तहको चुनावका कारण सृजनालाई घर पुर्याउने मान्छे भएन । फेरि सृजनाले पनि मतदान गर्न माईती घरमा नै पुग्नु पर्ने भएका कारणले माइती घरमा नै बस्नु पर्ने बाध्यता थियो । चुनाव पनि सम्पन्न भयो ।

अब सृजनालाई पनि माइती घरबाट बिदाइ गरी पोइली घरसम्म पुर्याउने सृजनाका आमाबुबाले निर्णय गरे । गाउँका दाजु भाइलाई खबर गरे । असार महिनाको २१ गते बुधबार सृजनालाई पोइली घरसम्म पुर्याउन को को जाने भन्ने गाउँमा सल्लाह नै भयो । तीन भाइले हामी जाने भन्दै आए । सबैले हुन्छ भने र सृजनालाई पुर्याउन उनीहरु लगाएर मात्र भएन गाउँका जान्ने बुझ्ने दुई तीन जना पनि जानु पर्छ भन्ने कुरा भए पछि साथमा शिबलाल बोहरा, हिरु बोहरा, सुधन बोहरा र फुगी बोहरा पनि जानु भयो । उनीहरु सृजनालाई पोइली घरमा पुर्याएर २२ गते नै फिर्ता भए । तीन जना बालक भने दुई दिन दिदीकै घरमा बसे र २४ गते मात्र दिदी सृजनाको घरबाट बिदाइ भएर आफ्नो घर तर्फ लागे ।

बर्खाको समय लगातार परिरहेको पानी खोला नाला सबै बढेका थिए । फेरि बझाङ जिल्लाकै सबैभन्दा दुर्गम मानिने काँडा गाउँपालिकामा धेरै खोला छन् । यहाँका बासिन्दाले आफैले निर्माण गरेका काठे पुुलको मात्र भर छन् ।

झण्डै ५ महिना अघि निर्माण गरिएको घाटगंगाको काठे पुल कमजोर भइसकेको थियो । पानीको सतह निकै बढी भएका कारण वारिपारि तर्फ वालहरु कमजोर भएका थिए । हुनत काँकरकोट भन्दा तल एउटा झोलुङ्गे पुल निर्माण गरिएको छ । त्यहाँबाट आवत जावत गर्न निकै लामो पर्ने भएका कारणले काठे पुल नै उत्तम ठहरी यहाँका सबै स्थानीय बासिन्दा काठे पुलका माध्यमबाट नै आवत जावत गर्थे ।

यही बाटो भएर दिदी सृजनको घर बाट फर्केका तीनै जना बालक काठे पुलमा पुगे २१ गते असार । ‘तीनै जना बालक काठेपुलको बिचमा पुुग्ने वित्तिकै काठेपुल राख्नका लागि निर्माण गरिएको वारी पट्टीको पर्खाल भत्कियो नजिकैको जंगलमा घाँस काटिरहेकी काँडा गाउँपालिका–३ का तीन चार जना महिलाले देख्नु भयो । तीनै जना बालक घाँट गंगामा बेपत्ता भए’ काँडा–२ का स्थानीय बासिन्दा बसन्त बोहराले जानकारी दिनुभयो ।

एकै गाउँका संगैका दौतरी एकै दिन बेपत्ता हुँदा काँडा गाँउपालिका–२ धलौन अहिले शोकमा छ । स्थानीय बासिन्दा घाँट गंगाको किनारमा खोजी गरिरहेका छन् । बेपत्ता भएको चार दिन भइसक्दा समेत अत्तो पत्तो छैन । झोलुङ्गे पुल नभएका कारण १० जना भन्दा बढीले अकालमा ज्यान गुमाएको स्थानीय बासिन्दाले बताएका छन् । source:ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uLbmMW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top