Photo of Milford Sound in New Zealand

काठमाडौं : नेपाल टेलिकमले ग्राहकलाई प्रदान गर्दै आएको इन्टरनेट सेवाको मूल्य घटाएको छ। कम्पनीले जीएसएम-सीडीएमए तथा एडीएसएल-एफटीटीएच सेवाका ग्राहकलाई लक्षित गर्दै सोमबारबाट लागु हुने गरी विभिन्न प्रमोसनल अफर सार्वजनिक गरेको छ। यो अफर ९० दिनसम्म उपलब्ध हुनेछ। उक्त अफर अन्तर्गत ग्राहकले एक एमबीपीएस गतिको एडीएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाउने छन्। यस अघि मासिक एक हजार १७ रुपैयाँमा दुई ५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध हुँदै आएको थियो।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ। पहिले २१ जीबी डाटाको लागि १९ सय ८० रुपैयाँ शुल्क लिदै आएको टेलिकमले अब १५ जीबी डाटा तीन सयमा उपलब्ध गराउने भएको छ।

सँगै २५ जीबी डाटाको पाँच सय र ४० जीबीको डाटाको मूल्य सात सय तोकिएको छ। यी डाटाको गति वान एमबीपीएस हुनेछ। त्यसैगरी टेलिकमले दर्ता शुल्क पनि घटाइएको छ। पहिले दर्ता शुल्क कर बाहेक पाँच सय लिदै आएको टेलिकमले भोल्युम बेस्ड डाटाको लागि कर बाहेक दुई सय र अनलिमिटेड डाटाको लागि तीन सय रुपैयाँ तोकेको छ।

अब ग्राहकले पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा समेत प्राप्त गर्न सक्ने भएका छन्। नयाँ योजना अनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत तीन महिनाका लागि दुई सय ४० जीबी, ६ महिनाका लागि पाँच सय जीबी र १२ महिनाका लागि १२ सय जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२ सय जीबी डाटा प्रयोग गर्न सकिने भएको छ। यसका साथै ग्राहकले विदेशबाट आएको कल उठाउदा अब बोनस प्राप्त गर्ने भएका छन्।

जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र सात मिनेट भ्वाइस कल गर्न र सात वटा एसएमएस निःशुल्क पठाउन सक्ने भएका छन्। कम्पनीले सम्पुर्ण अफर पुराना ग्राहकलाई समेत उपलब्ध हुने जानकारी गराएको छ।annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u9L05G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top