Photo of Milford Sound in New Zealand

भूकम्पपीडितका लागि तीन चरणको एकीकृत नमुना बस्ती निर्माण हस्तान्तरण गरेर आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले गर्ने नयाँ काम ‘नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा बन्ने लगभग पक्का भएको छ ।

बिभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेको सिताराम कट्टेल (धुर्मुस)ले फेसबुक मार्फत जानकारी गराएका छन ।

अब सरकारले स्विकृती दिएको खण्डमा नमुना नेपाल निर्माण प्रक्रिया अगाडी बढ्ने छ । फाउण्डेशनले सम्पुर्ण ललितपुरबासीको सहमति सहित संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना पनि पेश गरिसकेको फाउन्डसनका अध्यक्ष समेत रहेका सिताराम कट्टेलले जानकारी दिए ।

सरकारले सकारात्मक भई यो राष्ट्रिय गौरवको परियोजनाको रुपमा स्विकार प्रदान गरी हामी सम्पुर्णलाई हौसला प्रदान गर्नेमा आफु बिस्वस्त रहेको धुर्मुसले बताए ।

सरकारले स्वीकृति दिएमा सबैको साझा प्रयासले तोकिएको समयमा नमुना नेपाल बन्ने धुर्मुसको विश्वास छ । साथै उनले नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि आजैदेखी हातेमालो गर्न सबैलाइ अनुरोध पनि गरेका छन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tMCA4J
via IFTTT

0 comments:

Post a Comment

add

 
Top