Photo of Milford Sound in New Zealand

भारतको पश्चिम बंगालस्थित पहाडी क्षेत्र दार्जीलिङबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनले क्रमशः समथर भूभागतिर पनि उग्र रुप लिन थालेको छ । आन्दोलनका कारण ठूलो जातिगत झडप हुनसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दा त्रसित छन् ।

बंगाली समुदायको एक समूहले आइतबार पश्चिम बंगालको नक्सलबारीस्थित बुद्ध रेष्टुरेन्टमा क्षति पु¥याएको छ । रेष्टुरेन्ट सञ्चालक नेपाली रहेको थाहा पाएर उनीहरुले रेष्टुरेन्ट तोडफोड गरेका हुन् । स्थानीय गोर्खा जनमुक्ति मोर्चाका नेता रमेश प्रधानले भने,‘गोर्खाल्याण्ड विरोधीहरुले गोर्खालीलाई नक्शलबारीबाट धपाउने कोसिस गर्दैछन् । हामी गोर्खालीलाई यो ठाउँ छोड्न दबाब आइरहेको छ ।’

आन्दोलनरत् पक्षले आइतबार नक्शलबारीमा टायर बालेर गोर्खाल्याण्डका पक्षमा नाराबाजी गरेको थियो । आन्दोलनरत् समूहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै हस्तक्षेप नगर्न समेत चेतावनी दिएको छ । आइतबार नक्शलबारीमा ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च नाम दिइएको ¥याली निकालिएको थियो ।

बंगाली समुदायका नागरिकले भने गोर्खाल्याण्डको मागमा नाराबाजी नगर्न चेतावनी दिएका थिए । भारतीय प्रहरीले पनि नेपालबाट भारत प्रवेश गर्नेहरुलाई डर देखाएर फर्काउने कोसिस गरेको थियो । आन्दोलनका कारण आइतबार दिनभर नक्सलबारी बजार बन्द भएको थियो । भारतको सीमावर्ती बजार पानीटंयाक्कीबाट नक्सलबारीतर्फ जाने सवारीसाधनलाई प्रहरीले अवरोध पु¥याएको थियो । आन्दोलन दबाउन नक्सलबारीमा प्रहरीको ठूलो समूह परिचालन गरिएको थियो । उता, पश्चिम बंगालकै बागडोगरामा पनि ¥याली निकाल्ने सूचना पाएको प्रहरीले थप जनशक्ति बढाएको छ ।

जयगाउँको गोपीमोहन रोडमा निकालिएको ¥यालीमा प्रहरीले रबरको गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी चञ्चल शेर्मा घाइते भएका छन् । उनलाई छातीमा रबरको गोली लागेको छ । उनलाई सिलिगुढी अस्पताल लगिएको छ ।

यसैबीच, गोर्खा जनमुक्ति मोर्चाले आइतबारदेखि पश्चिम बंगालको पहाडी क्षेत्रमा मुष्ठीदान संग्रह सुरु गरेको छ । संग्रहित मुष्ठीदान सोमबारदखि जिल्लापाल, महकुमा अधिकारी र खण्ड विकास अधिकारीको कार्यालयमा प्रदान गरिने भएको छ । राज्य सरकारको निर्देशनमा सिलिगुढीबाट दार्जीलिङ जाने रासन, औषधि तथा अन्य सामग्रीहरुमा रोक लगाइएपछि त्यसको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले यस्तो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अगस्ट ३ सम्म जारी राख्ने जनाइएको छ । गोर्खा जनमुक्ति मोर्चाका सहसचिव ज्योतिकुमार राईले भने,‘गोर्खाल्याण्डको माग गर्दा हाम्रो रासन पानी खोस्यो यहाँको सरकारले । अब हामी भोको जनताले राज्य सरकारलाई रासन पानी उठाएर दिनेछौँ ।’ संविधानको आधारमै आफूहरुले अलग राज्य गोर्खाल्याण्डको माग गर्दा पनि तृणमुल कांग्रेस सरकारले भने बन्दुकका भरमा आन्दोलन दबाउन खोजिरहेको उनले बताए । शान्तिपूर्ण रुपमा निकालिएको जुलुसमा अश्रुगग्यास छोड्ने, गोर्खाल्याण्ड समर्थकहरुमाथि लाठी प्रहार गर्ने, रासन रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् । नयाँ पत्रिकाबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vfVuEM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top