Photo of Milford Sound in New Zealand

काठमाडौं । भोलिबाट देशभर रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत २’को टिकट बुकिङ सुरु भएलगत्तै बुकिङ गर्नेको दर ह्वात्तै बढेको छ । बुधबार देखिनै टिकट बुकिङ खुल्ला गरिएको २ दिन नबित्दै ७० प्रतिशत भन्दा बढी टिकट बुक भईसकेको निर्माता सन्तोष सेनले जानकारी दिए । निर्माता सेनका अनुसार बुधवार ३ बजे देखि टिकट बुकिङ खुल्ला गरिएपछि ७० प्रतिशत भन्दा बढी टिकट बुकिङ भईसकेको र यो दर अझै बढ्दो रहेको बताए । फिल्मको निर्माण पक्षले मोफसलमा पोखरा र बुटवलमा प्रिमिएर पनि गरिसकेको छ ।

यस हिसाबले मोफसलको दर्शकहरुको साथ फिल्मलाई अवश्य पनि धेरै नै मिल्ने कुरामा दुई मत छैन । यस्तै लामो समय देखि भईरहेको फिल्मको चर्चा त्यसपछिको फिल्मको गीत संगीतले गरेको धमाका र रिलिज्ड ट्रेलर यो सबै कुरालाई दर्शकहरुलाई सिनेमा घर सम्म आउने धेरै बाटो तयार पारीसकेको छ । त्यस्तै निर्माण पक्षले फिल्मको प्रोमोसनमा पनि कुनै किसिमको कसर छोडेको छैन ।

हरेक क्षेत्र र ठाउँमा निर्माण पक्षे पुगेको छ भने हरेक तरिकाले फिल्मको बारेमा पनि जानकारी सबैतिर दिइएको छ । देशभरका ८० भन्दा बढी सिनेमाघर देखि एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म दृष्यांकन, गीत संगीत र फिल्मको कथा वस्तु र प्रस्तुतीका कारण चर्चामा छ । रामशरण पाठकले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, असलेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी , श्रद्धा प्रसाई लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uBrNNV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top