Photo of Milford Sound in New Zealand

अभिनेत्री शुष्मिता बोम्जन केसी पछिल्लो समय लगातार चर्चा र विवादमा परेकी छिन् । कहिले पूर्व पति भुवनका केसीका बारेमा फेसबुकमा लेखेका स्ट्याटस त कहिले सिनेकर्मीका बारेमा गरेका टिकाटिप्पणी । उनलाई लगातार चर्चा र विवादमा ल्याएका छन् । केही दिन अघि मात्रै उनले अभिनेत्री पूजा शर्मालाई सामाजिक सञ्जालमार्फत अस्ति भर्खर जन्मेका चल्ला भनेपछि उनी विवादमा तानिईन् । त्यसपछि फेरि उनी रंगपत्रकार उत्सव रसाईलीलाई जात सोध्दै बाउको बिहे देखाइदिने जस्ता धम्किका कारण विवादमा आईन् । उनले उत्सवलाई रसाईली भन्ने जात के हो ? भनेर प्रश्न गरेपछि उनी समस्यामा परेकी थिईन् । साथ साथै शुष्मिताले उत्सवलाई भाई भनौँ या बहीनी भनेर उत्सवको लिंगमाथि उठाएको यो सवालले समेत उनको चर्को आलोचना भयो । उत्सवले यसरी अर्काको जात र लिंगमाथि प्रश्न उठाउने अधिकार कसैलाई पनि नभएको भन्दै सामाजिक सञ्जालमार्फत शुष्मितासँग गरेको फेसबुक च्याट नै सार्वजनिक गरिदिए । उनले शुष्मिताले आफूसँग माफी माग्नु पर्ने भन्दै तीन दिनको अल्टिमेटम दिएका थिए । शुष्मिताले पनि आफ्नो चौतर्फी विरोध भएपछि तीन दिन भित्रै माफी मागिन् । उनले आगामी दिनहरुमा आफूले यस्ता क्रियाकलापहरु नगर्ने, कसैको बारेमा पनि यस्ता प्रतिकृयाहरु नदिने भन्दै माफी मागेकी हुन् । यसरी बोलीको ठेगान नहुँदा विवादमा अन्य केही अभिनेत्रीहरु पनि आएका छन् । जसमध्ये कसैले माफी मागेका छन् भने कोही आलोचित मात्रै भएका छन् ।

करिष्मा मानन्धर

अभिनेत्री करिष्मा मानन्धरले नयाँ शक्ति नेपालको घोषणा कार्यक्रम गत वर्षको जेठ ३० मा सञ्चालिका भएर कार्यक्रम चलाउने क्रममा शुरु देखि नै गलत बोलेकी थिईन् । उनले बीचबीचमा घुसाएको अंग्रेजी नै नमिलेको धेरैको तर्क थियो । तर पछि गएर वक्ताहरुको नाम र थर नै गलत बोलेपछि उनको चर्को आलोचना भयो । उनले कार्यक्रममा शुभकामना दिन बोलाउने क्रममा नेपाली कंग्रेशका नेता प्रदीप गिरीलाई डाक्टर प्रदिप भट्टराई भनरे सम्बोधन गरिन् । उनले यसो भनेपछि त्यहाँ उपस्थित दर्शकदिर्घाबीच हाँसो फैलियो । सञ्चालिकाले आफ्नो नामलाई गलत उच्चारण गरेपछि मन्तव्य दिन आएका प्रदीपले, सुन्दरी करिष्मा जी न त म डाक्टर हो न त भट्टराई त्यस कारण वक्ताहरुको नाम राम्रोसँग पढ्नुहोस् र नहडबडाईकन उद्घोषण गर्नुहोस् भनेर सुझाव दिएका थिए ।
आफूले गलत बोल्दा मिडिया र सामाजिक सञ्जालमा चर्को अलोचना भएपछि करिष्माले आफूबाट भएको गल्तीका लागि माफी पनि मागेकी थिईन् ।

रेखा थापा

रेखा थापा आफ्ना नारीवादी अभिव्यक्तिका कारण धेरैपटक आलोचित बनेकी छिन् । तर उनी पूर्णरुपमा अलोचित त्यस समय भईन् जब उनले राजेश हमाललाई महानायक भन्न ईन्कार गरिन् । एक कार्यक्रममा उनले महानायकको ट्याग पाएका राजेश हमाललाई महानायक नभनेर अर्का अभिनेता भुवन केसीलाई महानायक भनिनु पर्ने धारणा राखिन् । यस क्रममा उनले भुवन केसीले नेपाली सिनेमामा सतकौँ देखि सक्रिय रहको खुलाईन् । उनले सतकौँ भनेपछि उनको अलोचना शुरु भयो । कारण, उनले भन्नुपर्ने दशकौँ थियो तर उनले भनिन् सतकौँ ।
प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीको बोल्ने शैलीको तारिफ जताततै सुन्न पाईन्छ । उनले दिएका अन्र्तवर्ता र सार्वजनिक कार्यक्रमहरुमा उनको बोल्ने शैली देख्दा उनले कहाँ के बोल्नु पर्छ भन्नेबारे पनि अध्ययन गरेकी हुन् की ! जस्तो पनि लाग्छ । तर बोलीकै तारिफ हुने गरेकी प्रियंका पनि एक पटक टङ स्लिप भएर आलोचित हुन पुगिन् । उनले गत वर्ष मात्रै युट्युब च्यानल मज्जाको टिभिलाई दिएको अन्र्तवार्तामा भनिन्, म अमेरिका धेरैपटक आएकी छु तर यु यस भने पहिलो पटक हो । उनले यसो बोलेपछि उनको चर्को अलोचना भएका थियो । पछि प्रियंकाले यस बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो टङ स्लिप भएका कारण गल्ती भएको अभिव्यक्ति दिएकी थिईन् । पछिल्लो पटक उनले दर्शकलाई भेडा भने पछि त चर्कै आलोचना खेपिन ।
सुमीना घिमिरे

नायिका सुमिना घिमिरे ‘पाँचौ नेफ्टा अवार्ड कार्यक्रम २०६८’ मा अंग्रेजी बोल्दा आलोचित बनिन् । उनले अंग्रेजी नराम्रो बोलेको र अवार्डमै बोल्नको लागि केही लाईनहरु कण्ठ पारेको भन्दै उनको चर्को आलोचना भयो । उनले उक्त अवार्ड कार्यक्रममा दुलही फिल्मबाट बेस्ट फिमेल अवार्ड हात पारेकी थिईन् । उक्त अवार्ड पाएपछि सुमिनाले सबैलाई अंग्रेजी भाषामा धन्यवाद दिएकी थिईन् । उनको अंग्रेजी राम्रो नभएको भन्दै उनी आलोचित बन्न पुगिन् ।
रजनी केसी

सिनेमा ‘लोफर’बाट ब्रेक लिएकी अभिनेत्री रजनी केसी आफ्नो पहिलो सिनेमा ‘लोफर’कै प्रेस मिटमा बोलेको एक शब्दले आलोचित भईन् । उनले त्यहाँ कुराकानी गर्ने क्रममा आफू अभिनेता आर्यन सिग्देलको बच्चैदेखि फ्यान भएको खुलाईन् । जब उनले आर्यनको बच्चैदेखिको फ्यान भएको बताईन् त्यहाँ उपस्थित सबै हाँस्न थाले र आर्यन सिनेमामा आएको दिन गन्न थाले । किनकी ‘किस्मत’बाट सिनेमामा ब्रेक लिएका आर्यन रजनीका बाल्यकालका मनपर्ने स्टार हुन असम्भव थियो । अझ भन्नुपर्दा रजनीको बाल्यकालमा आर्यन सिनेमामा आएकै थिएनन् ।
अभिनेत्रीहरुले बोल्दा ढंग नपुराउदा आलोचना मात्र खेपेका छैनन । आफैलाई समस्यामा पार्ने गरेका छन । त्यसैले पब्लिक फिगरले म के बोल्दै छु मेरो बोलीले सिंगो क्षेत्रमा र ब्यक्तिगत रुपमा के असर पर्न सक्छ भन्ने एक पटक सोचेर मात्र बोल्दा उपयुक्त हुन्छ । उखानै छ बन्दुकबाट निश्केको गोली मुख बाट फुत्केको बोली फिर्ता ल्याउन सकिदैन । source:gufgaf

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2viLH1G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top