Photo of Milford Sound in New Zealand

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले ओपनिङ ब्यवसाय राम्रो गरेको छ । एकसाथ ८० पर्दामा लागेको चलचित्र हेर्न अधिकाम्स चलचित्र भवनमा दर्शक भरिएको देखिए ।

चलचित्रले देशभर राम्रो ब्यवसाय गरेको बिचरक गोबिन्द शाहीले बताए । काठमाडौं र मोफसलका क्यूएफएक्समा दर्शक भरिभराउ रहेको बितरक गोबिन्दको भनाई रहेको छ ।

मल्टिप्लेक्सले शुक्रबार यो चलचित्रलाई १६ सोज दिएको छ । शनिबार पनि उति नै सोज रहने र दर्शक बढे थप्ने मल्टिप्लेक्सले जनाएको छ ।

अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेन लगायतले आज दर्शकसँग बसेर पनि चलचित्र हेरेका छन् । चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफुलाई उत्साहित बनाएको निर्माता सन्तोस सेनले बताए ।

चलचित्र हेर्ने दर्शक भने अधिकांश तन्नेरी देखिए । तीमध्ये अधिकांश युवती भेटिए र त्यसपछि युवा । दुई बर्षपछि चलचित्र भवनमा प्रदीपको चलचित्र लागेकोले पनि चलचित्रको सुखद ओपनिङ भएको वितरक मनोज राठीले सुनाए ।

नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा समेत फिल्मलाई पुग्यो । हलिउड र बलिउडकै ठूलो सिनेमा रिलिज नहुँदाको अर्को फाइदा पनि मिल्यो । ‘बाहुबलीपछि यति ठूलो भीड हामीले देख्यौं’ मोफसल वितरक राठीले भने ।

क्यूएफएक्स वितरण प्रमुख बसन्त मानन्धर, समिक्षक सामिप्य तिमल्सिना लगायतले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।

रामशरण पाठक निर्देशित चलचित्रमा एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम देखाउने प्रयास गरिएको छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको चलचित्र आशुसेन फिल्मसले निर्माण गरेको हो । ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tJFo2y
via IFTTT

0 comments:

Post a Comment

add

 
Top