Photo of Milford Sound in New Zealand

लमजुङ, साउन १२ – कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन् ।

ना ५ ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका-८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीय बासिन्दा प्रवेश घिमिरेले जानकारी दिनुभयो ।

कास्की-लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u1b5Uw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top