Photo of Milford Sound in New Zealand

इटहरी, । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्वरको बस आज अपरान्ह सवा ५ बजेतिर इटहरी चोकदेखि २ किलोमिटर उत्तर हलगडा क्षेत्रमा पल्टिदा सोही बसमा यात्रारत मोरङ्ग उर्लावारी ४ निवासी ३५ बर्षीय मनोज विकको ज्यान गएको छ । उक्त घट्नामा अरु ५ जना यात्रु घाईते भएका छन ।

धरानबाट पुर्ब तर्फ आउँदै गरेको उक्त यात्रुबाहक बस बढि गति भएका कारण सडकदेखि ५ मिटर तल सडक किनारमा झरि पानी जमेको स्थानमा पल्टिदा गम्भीर घाईते भएका विकको तत्काल उद्दार गरी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएर उपचार गर्ने क्रममा ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

करिव ३० जनाभन्दा बढि यात्रुहरु रहेको उक्त बस सडकदेखि तल झरेर जमेको पानीमा डुबेपछि त्यो बसभित्र रहेका यात्रुहरुमा कोलाहल मच्चिएको र नेपाली सेनाको पूर्वी पृतना नजिकै घएको उक्त घट्ना लगत्तै नेपाली सेनाका जवान स्थानीयवासी लगाएतको सक्रियतामा बसबाट यात्रु निकालिएका कारण धेरै मानिस हताहत नभएको बताईएको छ ।

घाईते भएकाहरुलाई इटहरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भई रहेको तथा बसभित्रबाट निकालिएका सवै यात्रुहरुको सामान्य उपचारपछि आ आफ्नो घरतिर पठाईएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले थप जानकारी दिएका छन् । घट्नाका विषयमा थप अनुसन्धान भई रहेको र जमेको पानीमा पल्टिएको बसलाई पूर्व क्षेत्रीय ट्राफिक प्रहरीको क्रेनले बाहिर निकालेको पनि प्रहरीले बताएको छ । purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u7zFTT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top