Photo of Milford Sound in New Zealand

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अभियानमा निकै ठूलो धक्का लागेको छ । भारतले आफ्नै देशमा बनाएको आकाश मिसाई परीक्षणका क्रममा फेल भएको छ ।

जमिनबाट हावामा मार हान्ने यो मिसाईल एक तिहाई परीक्षणमा फेल भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतको नियन्त्रक एवं महालेखा परीक्षकले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार, मिसाईलहरुको कमीका कारण भारत युद्दको एउटा जोखिमपूर्ण अवस्थामा पुग्न सक्छ । रिपोर्ट संसदमा प्रस्तुत गरिएको छ ।

रिपोर्ट अनुसार, उक्त मिसाईल निर्धारित दूरी भन्दा निकै कम दूरीमा खसेको थियो । त्यतिमात्रै नभएर उक्त मिसाइलको गति समेत कम थियो ।

वायु सेनाका अधिकारीहरुले भने यो विषयमा कुनै टिप्पणी गरेका छैनन् । आकाश मिलाइलेका निर्माण बैंगलोरस्थित सरकारी एजेन्सी भारत इलेक्ट्रोनिक्सले गरेको थियो । यसमा करिब ३ हजार ६ सय करोड भारतीय रुपैयाँको लागत रहेको थियो । यति रकम खर्च हुँदा समेत यो मिसाईलालाई निर्धारित स्थानमा जडान गर्न सकिएन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eVVFio
via IFTTT

0 comments:

Post a Comment

add

 
Top