Photo of Milford Sound in New Zealand

प्रेमगीत २ ले नेपाली बक्सअफिसमा सुखद ओपनिङ गर्दै बलिउडको सफल चलचित्र बाहुबलिको झल्को दिएको छ । देश भरका ८० पर्दामा सिनेमा रिलिज भएको प्रेमगीत २ क्यूएफएक्सको काठमाडौं र मोफसल प्राय जसो हल हाउसफूल रहे ।

मुख्य मल्टिप्लेक्सले शुक्रबार प्रदीप खड्का स्टारर ड्रामालाई १६ सोज दिएको थियो । शनिबार पनि उति नै सोज छन् नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा समेत फिल्मलाई पुग्यो । हलिउड र बलिउडकै ठूलो सिनेमा रिलिज नहुँदाको अर्को फाइदा पनि मिलेपछि प्रेमगीतले करिब १ करोड २५ लाख बराबरको कारोबार गरेको निर्माता सेनले जानकारी दिए ।

कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले सिनेमा हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् ।

वितरक गोविन्द शाहीले पहिलो दिनको वर्ड अफ माउथ प्रभाव आगामी साता पर्ने बताए । रामशरण पाठक निर्देशित सिनेमाले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको सिनेमालाई आशुसेन फिल्मसले निर्माण गरेको हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tRI826
via IFTTT

0 comments:

Post a Comment

add

 
Top