Photo of Milford Sound in New Zealand

एक तोला होइन दश तोला सुन किन्नु बुढी ।
पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु ।
बिदेशमा छु म ।

मैले केही खानु लाउनु पर्दैन ।
जति पनि पैसाको माग गरे हुन्छ
मैले तलब पाउनलाई महिना मर्नु पर्दैन ।
किनकि बिदेशमा छु म

यहा डलर मै छाप्ने गर्छु !
पाँच हजारको होइन भाइ, दश हजारको जुत्ता लाउनु ।
आइ फोन मात्र किन किन्छौ दिदि ल्यापटप पनि किन्नु ।
बाइकको के माग किन गर्छौ दाइ पजेरो नै किन्नु ।
यहा कत्ति दुख छैन
रातमा जागा बस्नु पनि पर्दैन ।
पलपल गन्दै कहिले महिना बित्छ भन्नु पनिपर्दैन ।
किनकि बिदेशमा छु म

यहा डलर मै छाप्ने गर्छु ।।
आठ हजारको कुर्ता होइन बहिनि बिस हजार कै किन्नु ।
म आफ्नो देश र घर फर्किनु पर्दैन ।
मेरो उमेर र समयले कहिल्यै मेरो साथ छोडदैन ।
त्यसैले मेरो पीरै लिनु पर्दैन ।
किनकी बिदेशमा छु म ।

मैले केही खानु लाउनु पर्दैन ।
जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन ।
किनकि बिदेशमा छु म ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eXiTVE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top