Photo of Milford Sound in New Zealand

काठमाण्डौ,साउन १४ | होण्डाको नयाँ स्कुटर (CLIQ) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उत्पादन गरेका डिओ, एभिएटर र एक्टिभा भन्दा उत्कृष्ट फिचर र सस्तो मुल्यमा नयाँ स्कुटर ल्याएको हो ।दक्षिण एसियाली बजारमा स्कुटरको बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै होण्डाले सिएलआईक्यु (CLIQ) नाम स्कुटर बजारमा ल्याएको जनाएको छ ।

यस स्कुटरको भारतीय बजारमा ४१ हजार ७ सय ८४ रुपैयाँ भारु मुल्य तोकिएको छ । यस अघिका स्कुटर भन्दा CLIQ १० हजार सस्तो रहेको कम्पनीले जनाएको छ ।कम्पनीले ११० सिसिका स्कुटरको बढ्दो लोकप्रियतालाई ध्यान दिएर ‘सिएलआईक्यु’ ल्याएको होण्डा मोटरसाईकल एण्ड स्कुटर इडियाका प्रेसिडेन्ट मिनोरु काटोले जानकारी दिए ।उनका अनुसार यो निकै किफायती र टिकाउ रहेको छ । यो स्कुटर मानिसको प्रगतिशील मानसिकता र उपभोक्ताको आवस्यकतालाई ध्यान दिएर निर्माण गरिएको छ ।

क्षमता

यसमा ११० सिसि क्षमताको BS-IV HET इन्जिन जडान गरिएको छ । कम्पनीले यसमा कम्बो ब्रेक सिस्टम लगाएको छ । जसले छिटो र सहज रुपमा रोक्न सहयोग पुग्ने कम्पनीको दाबी रहेको छ ।होण्डाका स्कुटरमा यस अघि प्रयोग नभएको ब्लक प्याट्रन टायरको प्रयोग गरिएको छ । जसले स्कुटर चिप्लीने समस्याबाट चालकलाई जोगाउने कम्पनीको दाबी रहेको छ ।यसमा प्रयोग भएको हेडलाईट अटोमेटिक रहेको छ भने, टियुवलेस टायरको प्रयोग गरिएको छ ।

नेपालमा कति पर्ला ?

भारतीय बजारमा बनेका सबै सवारी साधन नेपाली बजारमा आएका छन् । त्यसमा पनि पछिल्ला दिनमा नेपालमा स्कुटरको बिक्री ह्रवातै बढेको छ । त्यसैले यहाँ कहिले आउँछ भन्ने चासो हुनु स्वभाबिक हो ।भारतीय बजारमा ५२ हजार भारुको डियो नेपाली बजारमा १ लाख ७० हजार भन्दा बढी पर्छ भने ५५ हजारको एभिएटरको मुल्य १ लाख ८२ हजार पर्छ । यस हिसावले हेर्दा यसको नेपाली बजारमा मुल्य १ लाख ५५ हजारको हाराहारीमा पर्ने देखिन्छ ।-क्लिकमान्डुडटकमबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u72D6d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top