Photo of Milford Sound in New Zealand

काठमाडौँ । साउन १५ यो दिनमा वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ ।

असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।
आर्यघाटका वैद्य सुवर्ण वैद्यले मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको बताउनुभयो । वैद्यका अनुसार खिरमा मिसाइने यी मसलाले यो याममा निकै फाइदा गर्छ र शरीरको तापमान सन्तुलन गराउँछ ।

कृषिजन्य उत्पादन मानिने दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन रहेको वैद्यले बताउनुभयो ।

असार १५ मा रोपारलाई बेफुर्सद हुने गरेकामा साउन १५ मा भने खेतमा उम्रिएका झारपात उखेलिसकेर फुर्सदको समय हुन्छ भनिन्छ । यही समयमा खीर खाँदा राम्रो हुन्छ भन्ने पुरानो मान्यता छ ।

संस्कृतिसम्बन्धी ज्ञाता डा। लोकराज पौडेलले असार १५ र साउन १५ लाई दही चिउरा भोजन वा खीर भोजनको वस्तुनिष्ठ आधारमा मात्र नहेरेर स्वास्थका दृष्टिले यामअनुसारको भोजन उपयुक्त छ भनेर बुझ्नु जरुरी रहेको बताउनुभयो ।

गोरखापत्रबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eYbzZF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top