Photo of Milford Sound in New Zealand

कुनै जमाना यस्तो थियो, रेखा थापाको अभिनयभन्दा स्कर्टको चर्चा बहुतै हुन्थ्यो । छोटा–छोटा कपडामा ठाँटिएर हिँड्ने रेखा फिल्ममा पनि यस्तै ड्रेसअप गर्थिन् । समयको परिवर्तनसँगै उनी चलचित्रमा फरक–फरक ड्रेसमा देखिन थालिन् । कहिले स्कर्ट त कहिले सारी–ब्लाउजमा देखिने उनी कहिले भने कुर्ता–सुरुवालमा देखिन्छिन् । तर पनि उनी भन्छिन्, ‘मलाई छोटा लुगा मनपर्ने हैन, सुहाउने भएर पो ।’ नयाँ पत्रिकाका रामजी ज्ञवालीसँग गरेको फेसनवार्तामा रेखाले अरू धेरै कुरा खुलाएकी छिन् ।

परिस्थितिअनुसार फरक–फरक ड्रेसअप
साँच्चै भन्ने हो भने मलाई मनपर्ने ड्रेस छोटा लुगा हैन, मलाई सुहाउने छोटा लुगा हो । जे–जस्तो सुहाउँछ, त्यस्तै पहिरनमा सजिनुपर्छ भन्ने सोच छ मेरो । यद्यपि, परिस्थितिअनुसार फरक–फरक ड्रेसअप नगरेकी हैन ।

जाडोमा सारी र कुर्ता
ड्रेसअपलाई मौसमले प्रभाव पार्छ । जस्तो, जाडोमा छोटा लुगा लगाउने कुरा भएन । यो समयमा सारी र कुर्तामा सजिएर हिँड्न मनपर्छ । सारीमा सजिँदा ‘पूर्ण महिला’ भएको अनुभूति भित्रैदेखि जाग्छ ।

गर्मीमा हाफपाइन्ट, स्कर्ट, वानपिस
जाडोमा जे कपडा लगाउँछु, गर्मीमा लगाउने कुरा भएन । यो समयमा हाफपाइन्ट, स्कर्ट, वानपिसमा सजिन मन लाग्छ । ड्रेसअनुसार चप्पल–जुत्ता मिलाएर लगाउँछु ।

सातवटै रङमा सजिन्छु
मलाई यस्तै रङका ड्रेसअप लगाउन मनपर्छ भन्ने छैन । सातवटै रङ प्रयोग गर्छु । यो रङको ड्रेस नलगाउने र मन नपराउने भन्ने छैन । सपिङमा पनि कपडा मनपर्नु पर्‍यो, कपडा उठाइहाल्छु ।

अधिकांश सपिङ विदेशमा
मैले अधिकांश सपिङ विदेशमै गरेकी हुन्छु । सारी, कुर्ता र हाफपाइन्ट विदेशबाटै ल्याएकी हुन्छु । विदेश गएको मौकामा आवश्यक ड्रेस किन्छु । यदि भुलेको खण्डमा साथीभाइसँग विदेशबाट मगाउने पनि गरेको छु । ड्रेसबाहेक अन्य शृंगार सामग्री पनि प्रायः विदेशमै किन्छु । नेपालमा तत्काल आवश्यक पर्ने सामान मात्रै किन्छु ।

एक हजारदेखि ७० हजारसम्मका ड्रेस
मैले गर्ने सपिङको मूल्य सामानअनुसार फरक छन् । सपिङमा एउटा सामानको एक हजारदेखि ७० हजार रुपैयाँसम्म खर्च गरेकी छु । ठमेलमा एक हजारदेखि माथिका ट्राउजर किनेकी छु भने एउटा पफ्र्युमका लागि ७० हजार रुपैयाँसम्म खर्चिएको सम्झना छ ।

गहनामा औँठी, चुरा र बाला छुटाउँदिनँ
मैले लगाउने गहनामा औँठी, चुरा र बाला कहिल्यै छुटाउँदिनँ । यी सबै गहना डायमन्डका हुन् । हुन त अरू प्रकारका गहना पनि लगाएकी हुन्छु । तर, अधिकांश समय औँठी, चुरा र बाला लगाउँछु ।

पफ्र्युमको बढी सौखिन छु
म सबैभन्दा बढी पफ्र्युमको सौखिन छु । मैले पाँच सयदेखि ७० हजारसम्मको पफ्र्युम किनेकी छु । घरमा पफ्र्युम संकलन गर्ने ठाउँ नै छुट्याएकी छु । विभिन्न ब्रान्डका सयौँ पफ्र्युमले दराज भरिएका छन् ।

छानी–छानी घडी लगाउँछु
म छानी–छानी घडी प्रयोग गर्छु । राडो, एमके र ग्यालेक्सी ब्रान्डका घडी बढी मात्रामा प्रयोग गर्छु । सानैदेखि घडीको सौखिन हुँ ।

मेकअप खासै गर्दिनँ
मैले विशेष मेकअप कहिल्यै गरेकी छैन, याद पनि छैन । हल्का क्रिमहरू प्रयोग गर्छु । लिपस्टिक लगाउन छुटाउँदिनँ । सी स्याडो ब्रान्डका क्रिम बढी मात्रामा प्रयोग गर्ने गरेकी छु । लिपस्टिक म्याक ब्रान्डको प्रयोग गर्छु । सामान्य रूपमा नुहाइधुवाइ गरेपछि सनस्क्रिम लगाउँछु र बेबी पाउडरबाहेक अरू केही लगाउँदिनँ । चलचित्रमा देखिँदा पनि धेरैले ख्याल गर्नुभएको हुन सक्छ, सामान्य मेकअपमै अभिनय गर्छु । बढी मेकअप गरेको मन पर्दैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vgp51H
via IFTTT

0 comments:

Post a Comment

add

 
Top