Photo of Milford Sound in New Zealand

हाम्रो समाजमा मानिसका लागि विवाह महत्वपूर्ण कर्म मानिन्छ । जन्म, विवाह र मृत्यु अभिन्न कर्म भनेर धर्मशास्त्रमा पनि ब्याख्या गरिएको छ । यसको मतलवको विवाह नगरे मानवीय जीवनले पूर्णता पाउँदैन ।

तर के तपाईले कहिल्यै सोच्नु भएको छ कि विवाह नगर्ने मानिस पनि खुसी हुन्छन् भनेर ? वैज्ञानिकहरुले गरेको एक अनुसन्धान अनुसार विवाह गरेका भन्दा विवाह नगरेका मानिसहरु बढी खुसी र स्वस्थ रहन्छन् ।

यो अनुसन्धानमा संलग्न रहेकी मूख्य व्यक्ति हुन्, अमेरिकाकी ६३ वर्षीया डेपाउलो छ । यूनिभर्सिटी अफ क्यालिफोर्नियामा साइकोलोजिस्टको रुपमा कार्यरत उनी जिन्दगीभर अविवाहित रहिन् । उनी भन्छिन्, ‘विवाह गर्ने सोच ममा कहिल्यै आएन । सिंगल रहनु नै मेरालागि सधैंको खुसी हो ।’

डेपाउलोले आफूजस्तै सिंगल व्यक्तिमाथि करिब एक दशकसम्म एक अनुसन्धान गरिन् । जसको नतिजामा उनले सिंगल रहने व्यक्ति धेरै खुसी रहेको पाइन् । साथै सिंगल रहनु धेरै तरिकाले फाइदाजनक भएको पनि उनको निष्कर्श छ ।

विवाह नगर्नुका मानसिकसँगै शारीरिक फाइदा पनि छन् । डेपाउलोले गरेको खोज अनुसार विवाह नगर्नुका यस्ता फाइदा छन्ः

बलियो सामाजिक सम्पर्क

डेपाउलोले सन् २०१६ मा अविवाहित र विवाहित मानिसहरुमा ८ सय भन्दा बढी अध्ययन गरिन् । साथै उनले गरेको भन्दा अन्य व्यक्ति तथा संस्थाले गरेको अध्ययनमा पनि पाइयो कि अविवाहित व्यक्तिको स्वास्थ्य राम्रो हुन्छ । र विवाहित व्यक्तिको तुलनामा अविवाहित व्यक्तिको सामाजिक सम्पर्क बलियो हुन्छ ।

अध्ययनअनुसार विवाहित व्यक्तिभन्दा अविवाहित व्यक्ति सामाजिक सम्पर्क र कार्यमा बढी सक्रिय हुने गरेको पाइयो ।

शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो

१८ देखि ६४ उमेरका करिव १३ हजार पुरुष र महिलामा गरिएको सर्वेक्षणमा यो पत्ता लाग्यो कि, जुन व्यक्ति सधैं सिंगल रहे उनीहरुको शारीरिक र मानसिक स्वास्थ्य विवाहित व्यक्तिको तुलनामा धेरै राम्रो देखियो । विवाहित भन्दा अविवाहित व्यक्ति शारीरिक व्यायाममा बढी ध्यान दिन्छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w3bozq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top