Photo of Milford Sound in New Zealand

रुपन्देही । दोक्लामको विषयलाई लिएर भारत र चीनबीच तनाव बढिरहेको छ । उक्त विषयमाा दुबै पक्ष यतिबेला आक्रमक देखिएका छन् । अनि नेपालबाट चिनीयाँहरु भारत पस्न सक्ने भन्दै भारतले नेपालसँग जोडिएका सीमामा कडाई गरेको छ ।

चीन र भारतबीच दोक्लाम सीमामा भएको विवादपछि भारतीय सुरक्षाकर्मीले नेपाली सीमा नाकामा कडाई गरेका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देहीको दसगजा क्षेत्र नाघेर नेपाली भूमिमै चेकजाच गर्न थालेको छ ।

भारतीय सुरक्षाकर्मीले नेपालबाट भारत प्रवेश गर्ने सर्वसाधारण, नेपाली गाडीलाई बढी चासो दिएर खानतलासी गर्न थालेपछि सर्वासाधरण नेपालीले सास्ती भोग्नु परेको छ । भारतीय सुरक्षाकर्मीले चेकजाँचको निहुँमा नेपालतर्फको बेलहिया नाका नजिकै आएर खानतलासी गर्ने गरेका छन् ।

अन्तरर्राष्ट्रिय कानूनअनुसार दसगजा क्षेत्रमा कुनै पनि मुलुकको सुरक्षाकर्मीले प्रवेश गरेर खानतलासी गर्न पाउँदैनन् । भारतीय सुरक्षाकर्मीले सुनौलीसँगै अन्य खुला सिमामा समेत निगरानी बढाएका छन् ।

चीनसँगको सीमा विवाद समाधान नहुदासम्म चेकजाच निरन्तर रहिरहने भारतीय सुरक्षाकर्मीले जनाएका छन् । रुपन्देही मात्रै नभई कपिलवस्तु र नवलपरासी लगायतका अन्य सीमा क्षेत्रमा पनि भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । तर यस बारेमा भने नेपाली पक्षले अहिलेसम्म मुख खोल्न सकेको छैन । नेपाली हेडलाइनबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uG0aBG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top