Photo of Milford Sound in New Zealand

नेपाल टेलिकमले घरमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब नेपाल विद्युत प्राधिकरणका ग्राहकले पनि यो सुविधा उपयोग गर्न पाउने भएका छन् ।

प्राधिकरणका काउन्टरमा धाउनुपर्ने झन्झट हटाएर महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा आउन लागेको हो । प्राधिकरणले सुरुमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा यस्तो प्रणाली जडान गर्न लागेको छ ।

वितरण प्रणाली भूमिगत बनाएसँगै यसमा ‘रेडियो फ्रिक्वेन्सी नेटवर्क’ जडान हुनेछ । यसले ग्राहकको घरको मिटरको विवरण प्राधिकरणको ‘डाटा प्रणाली’ पुर्याउनेछ । यसपछि केन्द्रमै बसेर हरेक ग्राहकको मिटर जाँच्न सकिन्छ । र, महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए ।

‘वितरण प्रणाली भूमिगत गरी स्मार्ट मिटर जडान गरेपछि ग्राहकले यो सेवा लिन सक्छन्,’ उनले भने, ‘सुरुमा रत्नपार्क तथा महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ठाउँमा यो सेवा सुरु हुन्छ ।

दुई केन्द्रपछि काठमाडौं उपत्यकामा यो सेवा विस्तार हुनेछ । विस्तारै ललितपुर भक्तापुर, उपत्यका बाहिरका मुख्य सहर हुँदै सेवा देशैभरि पुर्याउने प्राधिकरणको योजना छ । निर्देशनालयका अनुसार महाराजगन्ज र रत्नपार्कअन्तर्गतका करिब ९० हजार ग्राहकले सुरुमा यो सेवा लिन सक्नेछन् । सेवा विस्तार गर्न साउन अन्त्यसम्म बोलपत्र आह्वान गर्ने तयारी छ ।

स्मार्ट मिटर जडानपछि ग्राहकले खपत गर्ने विद्युत घरबाटै तिर्न सक्ने र नतिरे स्वत: लाइन काटिनेछ । टेलिकमले तोकिएको समयभित्र महसुल नबुझाउने वा मोबाइल चार्ज नगर्ने ग्राहकको सेवा बन्द गर्ने गरेको छ । ‘प्राधिकरणले पनि यो स्वचालित सेवा प्रयोगमा ल्याउन लागेको हो,’ सिलवालले भने ।

स्मार्ट मिटर जडानपछि चोरी नियन्त्रण, मिटर रिडिङ, ऊर्जा परीक्षण, लोड व्यवस्थापनलगायत पक्षमा सुधार आउने प्राधिकरणको दाबी छ । एसिलायी बैंक (एडिबी) को १८ अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोगमा उपत्यकाको वितरण तथा प्रसारण प्रणाली सुधार कार्यक्रम अघि बढेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uEkAuU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top