Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ असार । कलाकार हरिवंश आचार्यले जीवनकालमा दुईवटा विवाह गरे । सन् १९८३ मा मिरा आचार्य र सन् २०११ मा रमिला पाठकसँग । आठ वर्षअघि जेठी श्रीमती मिराको असमायिक निधन भएपछि हरिवंश शोकमा परे । मिराबाट दुई छोरा थिए, त्रिलोक र मोहितवंश । दुवै अविवाहित भएकाले छोराहरूको आग्रहमा हरिवंशले रमिलासँग दोस्रो विवाह गरे ।

पिताले दोस्रो विवाह गरेलगत्तै त्रिलोकले अमेरिकी युवती जोई लेभेस्कसँग विवाह गरे । अमेरिकामा क्रिस्चियन परम्परा र नेपालमा हिन्दु संस्कार गरी त्रिलोकले जोई लेभेस्कलाई घर भित्र्याए ।

तस्बिर : हरिवंश आचार्यको फेसबुकबाट

हरिवंशका कान्छा छोरा मोहितवंशले हालै काभ्रेकी विन्दु थापासँग विवाह गरेका छन् । सात वर्षभित्र हरिवंश आचार्यको घरमा तीनवटा विवाह भएपछि अहिले ६ जनाको पूर्ण परिवार भएको छ ।

कान्छो छोरा मोहितवंशको विवाहमा जेठो छोरा र बुहारी नेपाल आएका बेला हरिवंशले सपरिवार बसेर खिचाएको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

तस्बिरमा हरिवंश र उनकी श्रीमती रमिला कुर्सीमा बसेका छन् भने दुई छोरा बुहारी उभिएका छन् । त्रिलोककी श्रीमती जोई लेभेस्क रातो सारी चोलामा निकै आकर्षक देखिएकी छन् ।

http://ift.tt/2u7mtSZ

from SHYANE http://ift.tt/2t2xx43
via IFTTT

0 comments:

Post a Comment

add

 
Top