Photo of Milford Sound in New Zealand

खाडी देश कतार केही समय यता चर्चामा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपदेखि सवैभन्दा ठूलो अरब देश साउदी अरबको मुखमा कतारको नाम झुण्डिएको छ ।

मध्य–पूर्वका केही देशले कतारसँगको सम्बन्ध सकिएको बताएका छन् । कतारमाथि कयौं प्रतिवन्ध लगाइएको छ । उसको अगाडि कयौं शर्तहरु राखिएको छ तर कतारले ती शर्तहरुलाई मान्न अस्विकार गरिरहेको छ ।

जसका कारण कतारमा खाद्यसंकट आउन लागेको थियो तर उसले इरानबाट सहायता लिदै आफ्ना देशवासीलाई खाना पानी तथा अन्य उपभोग्स सामाग्री ल्याइरहेको छ । यसको प्रभाव २०२२ को विश्वकपमा समेत पर्ने भएको छ ।

आखिर कतार यो संकटमा कसरी पर्‍यो ? विश्वका ठूला राष्ट्रहरुले कतारलाई यति धेरै महत्व किन दिइरहेका छन्, अहिलेको विवादको कारण के हो ?

कतार, फारसको खाडीमा साउदी अरब प्रायद्वीपमा रहेको निकै साने देश हो । यसको धेरै जसो हिस्सा मरुभूमी रहेको छ । तर यसको राजधानी दोहा आज दुनियाको सवैभन्दा चमकदार शहरमध्ये एक रहेको छ ।

अमरीकाको जर्जिया स्टेट यूनिवर्सिटी का प्रोफेसर एलन फ्रामहर्जले कतार बारे एक किताव लेखेका छन् । जसको नाम ‘कतार अ मोर्डन हिस्ट्रि ।’

प्रोफेसर फ्रामहर्ज बताउँछन् कि दोहा कुनै समयको एक सानो गाउँ थियो । जहाँ मोतिको कारोबार हुने गरेको थियो । आजभन्दा डेढ दुई सय वर्ष पहिला मोतिको त्यतिनै महत्व थियो जति अहिले तेलको रहेको छ ।

तपाईले नक्सामा हेर्नुभयो भने कतार साउदी अरबसँग जोडिएको मोति जस्तो देखिन्छ । बहराइन र संयुक्त अरब इमिरेटको बीचमा रहेको कतारमा लामो समय अंग्रेजले शासन गरेका थिए ।

प्रोफेसर फ्रामहर्ज भन्छन् कि १८६८ मा अंग्रेज एक यस्ता व्यक्तिको खोजिमा थिए जसलाई उनीहरु कतारको सत्ता रेखदेको जिम्मेवारी दिन सकुन् । यसका लागि जसलाई उनीहरुले चुने उनको नाम थियो मोहम्मद अल थानी ।

अंग्रेजले चुनेका अल थानी कुन बेकाको राज आज पनि कतारमा कायम छ ।

साह्रै सानो भएका कारण कतारलाई छिमेकी देशबाट सुरक्षा चाहिएको थियो । कतारलाई डर थियो कि कही साउदी अरब जस्तो शक्तिशाली देश उसलाई आफ्नोमा नगाबोस् ।

अल थानी खानदान कुनै पनि हालतमा यस्तो अवस्थालाई टार्न चाहन्थयो । यसका लागि कतारका शेखले सधै साउदी अरब तथा अन्य छिमेकी देशसँग राम्रो सम्बन्ध बनाइ राखे । आज कतारको राजधानी दोहाको चमक देखेर यस्तो लाग्छ बालुवामा सुन हिरा छ तर पहिला यस्तो थिए ।

२० औं शताब्दिबाट पचासको दशकसम्म कतार यति धनी मुलुक थिए । प्रोफेसर फ्रामहर्जका अनुसार सन् १९५० को दशकमा कतार खाद्यसंकटसँग जुधिरहेको थियो ।

तर कतारले पछिल्लो पचास वर्षमा तेल र ग्यासका ठूलो भण्डार फेला पार्‍यो जसका कारण कतारको अवस्थामा बदलाव आयो । आजको मितिमा कतार विश्वको सवैभन्दा ठूलो ग्यासको भण्डार बनेको छ । जहाँको चाबी यहाँका अमीरीसँग छ ।

स्वतन्त्रतापछि कतार

कतारलाई १९७१ मा बेलायतबाट स्वतन्त्रता मिलेको थियो । अंग्रेजहरु गएपछि शेख खलीफाले सुरक्षाका लागि आउदी अरबको फेर पकडे । कतारको विदेश नीति, साउदी अरब तय गथ्र्यो । यो कुरा शेख खलीफालाई मन परेको थिएन ।

उनका छोरा शेख हमदलाई त झन् यो कुरा पटक्कै मन परेको थिए । १९५२ मा जन्मिएका शेख हमद स्वतन्त्रका पक्षधर थिए । उनले बेलायतमा रहेर सेनाको तालिम लिएका थिए । शेख हमद आफ्नो देशलाई विकासको नयाँ उचाइमा लान चाहिरहेका थिए । उनी कतारलाई विश्वले साउदी अरको पिछलग्गुको रुपमा भन्दा स्वतन्त्र रुपमा चिनोस् भन्ने उनको चाहना थियो ।

नब्बे को दशकमा कतार को राजपाट शेख खलीफा को सट्टा शेख हमदको हातमा आयो । उनी कतारको हातबाट कतारलाई छुटाउन छटपटि गरिरहेका थिए । तर उनका बाबुको अगाडि उनको केही जोर चलेको थिएन ।

१९९५ मा जब शेख खलीफा स्विट्जरल्याण्डमा छुट्टि मनाउन गएका थिए त्यतिबेला शेख हमदले सत्ता आफ्नो हातमा लिए । एउटा गोली पनि नचलाई कताको सत्ता शेख हमदको हातमा आएको थियो । उनले सत्ता सम्हालेको २२ वर्षमा कतारले अभूतपूर्व विकास र सफताका साथसाथै चर्चा समेत बटुलेको छ ।

कतारका यी युवा नेताको हातमा सत्ताको साचो आएसँगै छिमेकी देशलाई छटपटि शुरु भयो । तर कतारबाट साउदी अरब तथा अरु देशलाई यति चिन्ता किन थियो ? आखिर कतारको हैसियत नै के थियो ? कतारको कुल जनसंख्या २२/२३ लाख छ । उ खाद्य आयतका लागि छिमेकीको भरमा छ तर पनि अरु देश किन यति धेरै डराएका हुन् ?

कतारलाई लिएर साउदी अरको चिन्ता १९९५ मा शेख हमदले सत्ता सम्हालेपछि शुरु भएको थियो ।

प्रोफेसर एलन फ्रामहर्ज भन्छन् कि शेख हमदले आफ्नो स्वतन्त्र विदेश नीतिमाथि काम शुरु गरे ।

शेख हमदले विश्वभरबाट मानिसहरुलाई कतारमा बोलाउन थाले उनी कतारको विकासलाई नयाँ उचाइमा पु¥याउन चाहिरहेका थिए । जसका लागि उनले कतारका विकासका नयाँ नयाँ योजना बनाए । सैन्य अड्डाहरु बनाए, नामी विश्वविद्यालयका शाखा कतारमा खुलाए ।

प्रोफेसर मेहरान कमरावा अमेरिकाको जर्जटाउन विश्वविद्यालयको कतारस्थित शाखाका निर्देशक हुन् ।
जर्जटाउन यूनिवर्सिटीले कतारमा सेंटर फर इंटरनेशनल ऐंड रीजनल स्टडीजको विभाग खोलेको छ ।

प्रोफेसर मेहरान कमरावा भन्छन् ’’शेख हमद, कतारलाई अरब देशको सांस्कृतिक केन्द्र बनाउँन चाहन्थे । उनी कतारका मानिसले धेरै पढुन् लेखुन् र विश्वमा चर्चित् बनुन् भन्ने चाहन्थे । उनी पुरानो कतारलाई नयाँ बनाउँन चाहन्थे जसका कारण उनले अल जजीराको स्थापना गरे ।

जतिवेला खाडीका देशका जनताले छिमेकका के भइरहेको छ भन्ने थाहा पाउदैन थे त्यति बेला उनले अलजजिराको स्थापना गरे ।

यसका अलागवा उनले विश्वलाई लोभ्याउनका लागि कतार एयरलाइन्सको शुरुवात गरे । अल जजिरा शुरु गर्ने बाहेक उनले विश्व स्तको म्यूजियम बनाए । जहाँ विश्वका ठूला ठूला खेलकुद प्रतिस्पर्धा गर्ने व्यवस्था गरियो । कतारले सन् २०२२ को विश्व कप फुटबल आयोजना गर्ने सफलता पाएको छ । उसको यो सवैभन्दा ठूलो उडान हो ।

कतारसँग कहाँबाट आयो यति धेरै पैसा ?

कतारजस्तो यति सानो देशमा कहाँबाट आयो यति धेरै पैसा । यसको जवाफ प्रोफेसर मेहरान कमरावा दिन्छन् । भन्छन्,‘कतारसँग प्राकृतिक ग्यासको ठूलो भण्डार छ । यसलाई बेचेर कतारले निकै पैसा कमाएको छ । यसका अलावा कतारसँग विश्वभर ठूलो मात्रामा लगानी गरेको छ ।

आजको मितिका कतारले लण्डनले सवैभन्दा अग्लो भनव ‘द शार्ड’ मा लगानी गरेको छ । यसका अलावा कतारले पोर्श, भग्सवागन, बारक्लेज बैंक जस्ता राम्रा र ठूलो संस्थामा लगानी गरेको छ । साथै कतारले पेरिस सेन्ट जर्मन फुटबल टीमको मालिक समेत हो ।

– प्रस्तुत सामाग्री हामीले लोकान्तरबाट साभार गरेका हौं ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uUdX7v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top