Photo of Milford Sound in New Zealand

सिमकोट : ‘यई (यही) अँध्यारो ओढार भित्त यई चाउचाउको खोलमै रात काट्टो छु। छकाल (बिहान) घाम लाग्यापुणा (घाम लागे पछि) हणपुणो (शरीरमा) तातो लागला (लाग्ला) की निद लाग्दोछ। दिउँसो बेल (सूर्य) सर्गका (आकासको) माज्जै थी (बिचमा अर्थात अन्दाजी १२ बजे) आयापुणा (आएपछि) उठी एक मुठो चामल भिजाईकन मुख जुठ्याउँदो (खान्छु) छु।’

सुन्दा नै निकै बिरक्त लाग्ने यो कष्टकर दैनिकी हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नम्बर ८ अन्तरगत खोल्सी माइत भएकी ८४ वर्षीया गोला शाहीको हो। शरीरमा कुष्ठ रोग झाँङ्गीदै गएपछि १८ वर्षअघि गाउँदेखि आधा घण्टाको दुरीको ढुङ्गे ओढारमा बस्दै आउनु भएकी शाहीले यसरीनै दिन रात बिताइरहनु भएको छ।

आँखाभरी आँसु। चाउरी परेको अनुहार। घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा। घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते। हातमा बाला। शरीरमा फाटेका लुगा। नत गास नत बास नै १ वर्षाको झरी र हिउँदको माइनस २० डिग्री भन्दा माथीको चिसो जस्तो सुकै मौसममा पनि अँध्यारो ओढार भित्र वृद्धा गोलाको दिनचर्या चलिरहेको छ।

पतिको मृत्यु पछि वेसाहारा हुनु भएकी ८४ वर्षीया गोलाले आफू १८ वर्षदेखि ओढारमा बस्दै आएको बताउनुभयो। ठ्याक्कै कुन सालदेखि आप्mनो ओढारको वास शुरु भएको बारेमा एकिन नभएपनि ओढार देखि ५० मिटरमाथि २०५७ सालमा स्थापना भएको सत्य प्राथमिक विद्यालय आफू ओढारमा बसेको एक वर्षपछि स्थापना भएको उहाँलाई सम्झना छ।

२०४८ सालदेखि आप्mना श्रीमानको कृष्ठरोगकै कारण मृत्यु भएपछि आफूमा समेत त्यसको लक्षण देखिएको बताउनु हुने गोलाले उपचारका लागि नेपालगञ्ज, धनगढी समेत पुग्नु भयो । अन्तमा सञ्चो नभएपछि श्रीमानको घर भएको बझाङ्गका केही व्यक्तिको सल्लाहमा माइती गाउँमै आएमा राम्रो हुने आशले आफू नाम्खा गाउँपालिकाको लामा खोल्सीको जङ्गलमा रहेको ओढारमै आप्mनो बाँकी जीवन कटाउने सोचले आएको बताउनुभयो । पतिको मृत्युपछि बेसहारा हुनु भएकी सिमकोट गाउँपालिका ८ खोल्सी गाउँकी गोलाले कुष्ठरोगको समस्याले दुवै हातका औँला गुमाइसक्नु भएको छ । हातका औला नहुँदा काम गर्न नसक्ने र खुट्टामा गम्भीर प्रकृतिका घाउ हुँदा हिडडुल गर्न समेत नसक्ने भएपछि उहाँलाई आजकाल बिहान र बेलुकाको छाक टार्न समस्या भएको छ ।

कलिलै उमेरमा कुष्ठरोग लागेपछि उहाँले काम गर्न सक्नु भएन । १८ वर्षमा झण्डै पाँच वर्ष बराबरको समयसम्म आफू भोकै बसेको बताउनुहुने गोलाले औला नभएका हातले आँशु पुछ्दै भन्नुभयो “मेरो त कर्म खोटो रहेछ । मरु भन्दापनि मर्न सकिन गरु भन्दापनि हातका औला छैन्न । रोगले खुट्टा पनि छुट्टीन लागेपछि हिड्न धेरै गाह्रो हुन्छ ।” १८ वर्षे ओढारको जीन्दगीमा कहिल्यै पेटभरी खान नपाएको बताउनु हुने गोलाले थप्नुभयो, ‘शुरुको ओढारको जीन्दगी त निकै पिडादायी भयो भने आजकाल त झन कतैबाट झिङ्गो उडेर नी मुखमा पस्दैन् ।’

हिड्न सकेको बेला दिनभरी लगाएर लामाबस्ती भएको खगालगाउँमा कसैको काम गरेर त कसैबाट मागेर खाने गरेको बताउने गोला कहिले भोकभोकै सुत्ने गरेको बताउनुहुन्छ । ओढारमा रातभरी चिसो, दिनभरी घाम अनि भोको पेट, वृद्ध अवस्थाको पीडा कसैले पनि नदेखेको भनेर अन्नपूर्णसँग निकै भक्कानिएर रुदै आफूले १८ वर्षसम्म पाएका दुख, पीडा र जीवनभरका वेदनालाई सुनाउनुभयो । सानैमा बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गर्नु भएकी गोला, १९ वर्ष अघि कुष्ठ रोगकै कारण पतिको मृत्यु भएपछि माइतीको साहाराको आशा गरेर हुम्ला आएको बताउनुभयो ।

पोइली घरमा श्रीमानको मृत्युपछि आफूलाई असुरक्षित ठानेर माइतीबाटै सहयोग पाउने आशले हुम्ला आउनु भएकी उहाँले माइतबाट थप पिडा पाउने देखेपछि सिधैं ओढारको शरणमा परेको खुलासा गर्नुभयो । प्राय कोहीपनि ओढारमा नआउने र आएपनि आफू नबोल्ने गरेको बताउँदै उहाँले अन्नपूर्णसँग भन्नुभयो“शुरुमा त माइतमा दुई दाजु, दुई भाइ छन् । माइती गाउँमा पनि सानो हुञ्जेल कुनै न कुनै गुन लगाएकै छु । मलाई केही केही त सहयोग पाइएला नी भन्ने आशले आए तर सहयोग भन्दा उल्टै दाजु, भाई देखि गाउँलेले कोणीनी (कुष्टारोग लागेकी) हाम्रो नजिक नआ । मर्नपनि सक्दीनस् भनेर घरको छेउछाउ नै पर्न नदिएपछि बाध्य भएर जंगलको ओढारलाई आप्mनो वासस्थान बनाएकी हुँ ।” १० वर्षदेखि माइती घर भएको खोल्सी गाउँ नगएको बताउनुहुने उहाँले अहिलेसम्म माइती पक्षका आफन्तहरूले आफ्नो नजिक आउनसमेत डराउने गरेको र आफूलाई घृणित व्यवहार गर्ने गरेको कारुणिक अनुभव सुनाउनुभयो । माइतीघरका सदस्यले ‘कुष्ठरोग सर्छ’ भन्दै घरमासमेत जान नदिएको आरोप लगाएकी वृद्धा शाही भन्नुहुन्छ “पकाएको खाना खानसमेत समस्या भएको छ । मेरो हातका औँलाहरू छैनन् ।” परिवारका अन्य सदस्यलाई रोग सर्ने भन्दै माइतीले गाउँलेको साहरामा घरबस्न दिएनन् । भक्कानिदै पहिला माइतीमा हुँदा आफूलाई यस्तो रोग नभए पनि पतिबाट कुष्ठरोग सरेको उहाँले बताउनुभयो ।

बिहान र बेलुकाको छाक टार्नसमेत गाह्रो भएपछि नाम्खा गाउँपालिकाको खगालगाउँ र लामा खोल्सीका केही स्थानीयले शाहीको अवस्था देखेर खाने कुरा दिएपछि चारो चाख्न पाएको बताउनुभयो । अँध्यारो ओढार भित्र झण्डै दुई केजी चामल र चार केजी जती फापरको पिठोे देखाउँदै गोलाले भन्नुभयो,‘मेरो एक महिनाको रासन यही हो । यो सकिएपछि त कहाँ जाउँला भन्ने चिन्ताले एक गिलास पकाएपछि ३ छाकसम्म खाने गरेकी छु ।’

०४८ सालदेखि कुष्ठरोगले च्यापेपछि उपचारका लागि स्वास्थ्य संस्थामा गएपनिसञ्चो नभएपछि उहाँ जङ्गलको ओडारमा बस्दै आउनुभएको हो । अहिले आफूलाई कसैले पनि वास्ता नगरेको र आफूलाई घृणा गरेकोमा उहाँको मन रोएको छ । ‘मलाई कसैले वास्ता गर्दैनन् ? गाउँ घरको छेउमा जाने बित्तिकै ‘कोरीनी महारोगी’ आई भन्दै जिस्क्याउँछन् र हप्काउँदै लखेट्छन’ आँखाभरी आँसु झार्दै औला नभएको दाहिने हातले इसारा समेत गर्न भ्याएकी शाहीले भन्नुभयो ‘केही खानेकुरा दिँदा पनि टाढाबाटै फाल्ने गर्दा साह्रै चित्त दुखेर आउँछ ।’ माइतीको घर बनाउँदा आफूले निकै काम गरे पनि अहिले आफू बेसहारा हुँदा वास्ता नगरेकोमा उहाँको निकै चित्त दुखेसो छ ।

आफू सानै हुँदा फुपूलाई बिरामी लागेको र उपचारका लागि बुवाले शहरतिर लगे पनि सञ्चो नभएपछि अरूलाई सर्ने डरले ओडारमा बसाएको गोलाको दाईको छोरा ज्ञानेन्द्र शाहीले बताउनुभयो । समुदायका अन्य मानिसले पनि आफ्नो घरपरिवारलाई नराम्रो दृष्टिले हेर्ने र एक्ल्याउन थालेपछि बाध्य भएर फुपूलाई ओडारमा राखेको उहाँले बताउनुभयो । ओडारमा राखे पनि खान अपुग भएको खण्डमा आफूले पटकपटक ओडारमै पुरयाउने गरेको शाहीको भनाइप्रति गोलाले भने असमती जनाउनुभयो । सहोदर भदया पर्ने ज्ञानेन्द्र आफूलाई भेट्न ३ वर्षपछि ओढारमा आएको बताउनुहुने गोलाले माइतीपक्षबाट कुनै सहयोग नभएको जिकिर गर्नुभयो ।
अब आप्नो पुरानो जीवनमा फर्कनेमा कत्तिपनि विश्वास नभएपनि गोलाले सरकार र अन्य कुनै निकायले सहयोग गरे आफूलाई बाँच्ने मन भएको बताउनुभयो । शरिरका घाउँ निको भएर समाजमा पहिलेको जस्तै भएर घुम्न निकै मन भएको बताउनुहुने गोलालाई हुम्लामा आएर बाँकी जीवन जिउन मन छैन् । दुई वर्ष अघिसम्म ओढारमै जीवन बिताई दिन्छु भनेर मनमनै कसम खानु भएकी गोलालाई अहिले आगोबाल्न समेत नसकेपछि कसैले सहयोग गरे ओढारको वास छोड्न मन छ ।
शुरुमा वनबाट दाउरा ल्याउन, पानी ल्याउन खासै समस्या नभएपनि गोलाले हातका सबै औला झरेपछि दाउरा भाच्नपनि नसकेको बताउनुभयो । खुट्टाको घाउँ बढ्दै गएपछि तीन सय मिटरको पानीको कुवाको पानी लिन साढे एक घण्टा लाग्ने गरेको उहाँले सुनाउनुभयो ।

आप्नै छोरी समेत बेखबर
श्रीमान गुमाएकी गोलालाई रोग लागेपनि हुम्ला पुगे माइती घर र आप्mनै छोरीको पनि पोइली घर भएकाले हुम्ला तानेको थियो । रोगले हात र खुट्टा पाक्दै गएपछि माइतीले घरमा बस्न नदिएपनि छोरीको आशा गर्नु भएकी गोलालाई छोरीले समेत वास्ता नगरेपछि संसारमा आप्mनो कोही छ भन्ने विश्वास टुटेर ओढार पुगेको बताउनुभयो । आप्mनो एक मात्रै सन्तान सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को पाम्लाथुङ्गमा पोइल गएकी भएपनि अहिलेसम्म एक पटकपनि भेट्न नआएकोमा छोरी सुन्दरी शाही देखि उनको मन निकै कुडिएको छ ।
आप्नो बुढेसकालको सहारा भनेर निकै मेहनतले छोरी पालेको बताउनुहुने गोलाले आँशु झार्दै भन्नुभयो“म ओढारमा आएको १८ वर्षमा एक चोटी पनि छोरी भेट्न आएकी छैन् । उसलाई माया नलागेपनि आफुलाई टाढैबाट भएपनि देख्ने रहर छ ।’ तीन छोरा र तीन छोरी जन्माएकी छोरीले आफूलाई त्यसरी माया नमारेपनि छोरीलाई उनका सन्तानले कहिल्यै त्यसो नगरोस भन्ने लागेको छ गोलालाई ।

स्वास्थ्य संस्था समेत बेखबर

सरकारले देशबाटै सन २००९ मा कुष्ठरोग निवारणको घोषणा गरेपनि विगत १८ वर्षदेखि कुष्ट रोगकै कारण ओढारमा नारकिय जीवन बिताएकी गोला शाहीको बारेमा जिल्लाका स्वास्थ्य संस्थाले समेत अनविज्ञता जनाएका छन् । गोला बसेको ओढार देखि दुई किलोमिटरको दुरीमा स्याँडा स्वास्थ्य चौकी भएपनि गोलाका बारेमा आधिकारिक रुपमा जनाकारी नभएको स्वास्थ्य चौकीका इन्चार्ज लव रावतले बताउनुभयो । आफू भरखरै मात्रै स्वास्थ्य चौकीमा आएको बताउनुहुने रावतले गोलाका बारेमा अन्नपूर्णले भनेपछि मात्र जानकारी पाएको बताउनुभयो ।
कुष्ठरोगका कारण त्यसरी नारकिय जीवन जिउनु निकै दुखद भएको बताएका रावतले थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रमा समेत खबर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कुष्ठ रोगले हात र खुट्टाका अधिकांश घाउ नदुख्ने भैसकेको बताएका जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठ रोग फोकल व्यक्ति सन्तोष धामीले गोलाको उपचारका लागि जिल्ला देखि केन्द्रसम्म समन्वय गर्ने बताउनुभयो । annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sKFafk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top