Photo of Milford Sound in New Zealand

अमेरिकी सेनाको एक कार्गो विमान सोमबार बेलुका मिसिसिपीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । यूएस मरिनले ट्वीट गरेर सो कुराको जानकारी दिएको हो । दुर्घटनामा मारिएका सबै मरिन भएको बताइएको छ । यसमा कोही पनि सर्वसाधारण नपरेको खबर छ ।

आठ किलोमिटर टाढासम्म पुग्यो भग्नावशेषः

डिजास्टर म्यानेजमेन्ट अधिकारीका अनुसार केसी–१३० विमान मिसिसिपी प्रान्तको राजधानी ज्याकसनबाट करिब १ सय ६० किलोमिटर टाढा लि फ्लोर काउन्टीमा दुर्घटना भएको हो ।

अधिकारीका अनुसार विमानको भग्नावशेष ली फ्लोर काउन्टीको हाइवे–८२ को दुबैतर्फ करिब ८ किलोमिटर टाढासम्म पुगेको छ । भग्नावशेषबाट सबै १६ जनाको शव निकालिएको छ ।

अधिकारीका अनुसार विमानमा राखिएको गाली बारुदका कारण यस्तो स्थिती पैदा भएको हो । उद्धारमा खटिएका जवानले विमानमा भारी मात्रामा हतियार राखिएको बताए जसका कारण उद्धारका लागि विमान नजिक जान समस्या भएको उनीहरुले बताए । फायरफाइटरका अनुसार आगो यति भयानक थियो कि यसलाई निभाउनका लागि १५ हजार लिटर फोमको प्रयोग गर्न परेको थियो । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tDeD2w
via IFTTT

0 comments:

Post a Comment

add

 
Top