Photo of Milford Sound in New Zealand

काठमाडौं, २७ असार । नायिका पूजा शर्माले भुवन केसी र अनमोल केसीलाई ‘भाग्यले चलेका’ हुन् भनेपछि उनी विवादमा आएकी छन् । चंखे शंखे पंखेबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी पूजा अभिनित ‘म यस्तो गीत गाउँछु’ यही असार ३० गते रिलिज हुँदैछ ।

यही बीचमा पूजाले एक अनलाइनमा भुवन केसी र अनमोल केसीलाई भाग्यले चलेका कलाकार भएको उल्लेख गरेकी छन् । भुवन भाग्य र आफ्नो छोरा अनमोलका कारण अहिलेसम्म नेपाली चलचित्रमा राज गरिरहेको उल्लेख गरेकी छन् । उनले आर्यन सिग्देल र रेखा थापालाई मेहेनती कलाकार भनेकी छन् ।

सो समाचार आएलगत्तै नायिका सुस्मिता केसीले पूजा शर्मालाई चल्लाको संज्ञा दिएकी छन् । सुस्मिताले पूजालाई धेरै नउम्लिन चेतावनी दिँदै सिनियर कलाकारको रेस्पेक्ट गर्न सुझाएकी छन् । भुवनको व्यक्तिगत इमेज जस्तो भए पनि उनी ४० वर्षदेखि सफल रहेको जनाएकी छन् ।

सुस्मिताले फेसबुकमा पूजालाई चेतावनी दिएपछि निर्देशक सुदर्शन थापा आक्रोशित भएका छन् । उनले सुस्मितालाई अग्रज कलाकार भन्दै आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु’ विरुद्ध किन लागेको भनेर प्रश्न गरेका छन् । पूजाले मंगलबार फ्सबुक मार्फत अाफूले भवन र अनमोललाई केही नभनेको उल्लेख गरेकी छिन् ।

यस्तो लेखे सुदर्शनले

‘आदरणीय सुस्मिता दिदी, तपाईं म भन्दा धेरै अग्रज तथा जाने बुझेको हुनुहुन्छ । मिडियामा पुजा सँगै मेरो नाम पनि जोडिएर आएको छ । धैरै फ्यानहरुमा हामी बदनामको स्थिति खडा गराउनु खोज्नु भएको छ । म तपाईंलाई अझै पनि अग्रज नै मान्छु । सधै तपाईंको कुराहरु बाट केही सिक्ने चाहना राख्छु र अहिले पनि राखिरहेको नै छु ।

जब म यस्तो गित गाउँछुको टेलर रिलिज भयो, तब तपाईंमा हामीप्रति नकारात्मक सोचाई पैदा भयो किन ? कसो ? र के कारण ? म जान्दिन । त्यहाँबाट हजुरले हामीप्रति क्रोधको भावना निकाल्नु भयो । पुजाको बिषयलाई लियर दर्शकमाझ विभिन्न भ्रम पैदा गराउनु खोज्नु भयो । पुजालाई तपाईंले सकारात्मक बाटो देखाउनुपर्ने स्थानमा तपाईं नै चल्ला र नानाथरी कुरा गर्दै हिँड्नु हुन्छ ।

सधै मलाई साथीको नाताले भन्थी कि भुवन केसी जस्तो नायक हाम्रो नेपाली चलचित्र जगतमा छैन है । तर तपाईले ठिक विपरीत बुझ्नु भयो, जहिले जहिले भुवन केसीलाई राम्रो भनेको रिस पैदा हुन्थो किन हो थाहा छैन । धेरै बोल्नु चाहिनँ तपाईंले जे जस्तो गरे पनि अग्रज नै हो र सधै मान्ने नै छु । हामीलाई दर्शकको साथ र माया छ तपाईंको प्रयास सफल होस् । म यस्तो गित गाउँछुलाई बदनाम गराउने खेल सफल होस् । तर दिदी सधंै यउटा कुरा ध्यानमा राख्नु होला कि म कुन स्थानमा छु र मैले के गर्नुपर्छ एउटा चलचित्रमा लागेको व्यक्तिले चलचित्रमै लागेको व्यक्तिको सम्मान गर्न जान्दैन भने त्यो पकै पनि चलचित्रकर्मी हुन् सक्दैन ।’ medianp.tv

http://ift.tt/2uM32ws

from SHYANE http://ift.tt/2sJSLiR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top