Photo of Milford Sound in New Zealand

काठमाडौं, असार २७ – बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा विमल घर्तिमगर घाइते भएका छन् । पहिलो हाफको २० मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका विमल ३१ औं मिनेटमा घाइते भए र मैदान छाडे । पहिला पनि कुममा चोट लागेका विमलको कुममा खेलका क्रममा मंगलबारको खेलमा फेरि समस्या देखिएको हो ।

एएफसी २३ वर्षमुनीको च्याम्पियनसिप छनौटको खेल विमलले गुमाउने हुन् कि भन्ने चिन्ता थियो । तर खेलपछि भएको पत्रकार सम्मेलनमा विमलले आफू सामान्य अवस्थामा रहेको जानकारी गराएका छन् । ‘यो पहिला देखिकै घाइते हो, आज पनि समस्या देखिएको हो, त्यस्तो धेरै घाइते भएको होइन’ विमलले भने ।

एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोट अन्तर्गत नेपालले जुलाई १५ देखि १९ सम्म यूएई, उज्वेकिस्तान र लेवनानसँग यूएईमा खेल्नेछ । बंगलादेशले भने जोर्डन, ताजकिस्तान र प्यालेस्टाइन रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ ।

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2sLL2kh
via IFTTT
11 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top