Photo of Milford Sound in New Zealand

शिवहरिप्रसाद भट्टराई, राजविराज
सप्तरीको कञ्चनरूप नगरपालिका–९ की १५ वर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौंतारिँदै छिन्। उनी गत असार १७ गते बलात्कारमा परेकी हुन्।

बालिकाका अनुसार गत असार १७ गते दिउँसो २ बजेतिर गाईगोरु चराउन घर नजिकैको सुन्दतरी खोला किनारमा गएका बला गाउँकै शेख थरका दुई किशोरले मुख थुनेर पालैपालो दुष्कर्ष गरेका थिए। ‘गाईगोरु चराउने क्रममा सुन्दरी खोला किनारमा पुगेकी थिएँ, गाउँकै दुई जनाले एक्कासि मुख थुने जबरजस्ती गरे’, ती बालिकाले भनिन्– ‘कसैलाई भनिस् भने ज्यान मार्दिन्छौं भन्दै धम्की दिएका थिए।’ बलात्कारीले पालैपालो मोबाइलबाट बलात्कारको भिडिओ पनि बनाएको उनको भनाइ छ।

खातुन थरकी पीडित बालिका आफूलाई बलात्कार गर्ने गाउँकै १५ र १४ वर्षीय किशोर रहेको र उनीहरूले गरेको हर्कत आमालाई सुनाएकी थिइन्। छोरी बलात्कृत भएको सुन्दा आमा छाँगाबाट खसेजस्तै भइन्। घटनाबारे असार १९ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा दुवैविरुद्ध किटानी जाहेरी पर्यो। उनीहरू पक्राउ पनि परे।

प्रहरीले सप्तरी जिल्ला अदालतमा उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गर्यो। मुद्दा दायर भएपछि साउन १५ गते न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासमा भएको सुनुवाइमा पीडक नाबालक देखिँदा बालबालिका सम्बन्धी ऐन २०४८ आकर्षित हुने भएकाले निजहरूबाट जनही २३ हजार धरौटी लिई मुद्दाको पुर्पक्ष गर्नु तथा नगद धरौटी वा सो बराबरको जेथा जमानत दिन नसके नियमानुसार सीधा पाउने गरी बाल सुधारगृह मोरङमा राख्न पठाइदिनु आदेश जारी गरिएको थियो।

अदालतको आदेशबमोजिम जनही २३ हजार रुपियाँ धरौटी बुझाएर दुवै जना रिहा भइसकेका छन्। रिहा भएका दुवै जनाले दुष्कर्म गरिएका बेला मोबाइलबाट खिचिएका भिडिओ अहिले धमाधम साथीहरूको मोबाइलमा पठाएर व्यापक बनाइसकेकाले समाजमा सबैले हेयको दृष्टिकोणले हेर्ने र आफू थप अन्यायमा परेको पीडित बालिकाको भनाइ छ।

न्यायका लागि पहल गरिदिन आग्रहका साथ शनिबार पत्रकार महासंघ सप्तरीको कार्यकक्षमा पत्रकार सम्मेलन गरेकी पीडित बालिकाले भनिन्– ‘पीडकद्वारा यसरी भिडिओ सार्वजनिक गर्ने र व्यापक बनाउने कामले म थप मानसिक तनावमा छु, गाउँ समाजमा बस्ने अवस्था छैन।’

‘म समाजमा अझै अपहेलित, अपमानित र असुरक्षित भएको महसुस गरेकी छु, घरबाट बाहिर निस्किने अवस्था छैन’, उनले भनिन्– ‘पीडकहरू थुनामुक्त भएपछि मोबाइलबाट दुष्कर्मका दृश्यहरू आफ्नो साथीको मोबाइलमा सेयर गरेर मेरो जीवन झनै नर्क बनाइदिएका छन्।’

प्रहरीले मोबाइलबाट सार्वजनिक भएका दुष्कर्मका दृश्यहरू बरामद गरी अदालतमा समेत पेस गरिसकेको थियो। तर पीडक छुटेर आएपछि उक्त भिडिओ अरूको मोबाइलमा सेयर गर्ने काम झनै बढेको पीडित बालिकाले बताइन्। पत्रकार सम्मेलनमा छोरीसँगै आएकी आमाले पीडकको हर्कतका कारण छोरीसँगै आफ्नो सिंगो परिवार मानसिक तनावमा परेको बताउँदै न्यायका लागि पहल गरिदिन सञ्चारकर्मी, अधिकारकर्मी सबैसँग आग्रह गरिन्। नेपाल समाचारपत्रबाट साभार

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wj2bEr
via IFTTT
05 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top