Photo of Milford Sound in New Zealand

दश वर्ष अघि सिनेमा ‘किस्मत’बाट नेपाली सिने उद्योगका लागि एउटा नयाँ हिरोको जन्म भयो । पहिलो सिनेमाबाटै ‘किस्मत नायकलाई दर्शकले रुचाए । अन्य सिनेमामा पनि दर्शकको खोजी भयो । दर्शककै चाहना अनुसार ‘किस्मत’ हिरोलाई पनि अन्य सिनेमाहरुमा किस्मत अजमाउने अबसर मिल्यो । लुक्स र अभिनयले निर्माता र निर्देशकहरु लोभिए । त्यस बेलाका चलेका निर्माता र निर्देशकहरु आफ्नो सिनेमामा लिनको लागि तम्सिए । तर सिमित सिनेमाहरुमा काम गर्दैे आफ्नो सिने यात्रालाई अघि बढाउदै दश वर्षको अवधिमा आफूलाई चक्लेटी नायकको रुपमा स्थापित गराउन सफल उहि किस्मत हिरो , अहिलेका महंगोे अभिनेता । त्यो हिरोको नाम हो आर्यन सिग्देल । तिनै आर्यन सिग्देल शनिबार साउन २१ गते ३६ औँ जन्मदिन मनाउँदैछन् । सुर्खेतमा जन्मेका आर्यनको बाल्यकाल भने काठमाण्डौको थानकोटमा बित्यो । बाल्यकालमा उनी एक्लै बस्न मन पराउँथे । अरुसँग घुलमिल हुन उनलाई समय लाग्थ्यो । उनको यो स्वभाव अहिले पनि छ । अहिले पनि अरुसँग घुलमिल हुन उनलाई समय लाग्छ । काम गर्ने समयमा एकचित्त भएर काम गर्ने उनको बानी छ । आर्यन पहिले देखि नै स्वतन्त्रता चाहन्थे र अहिले पनि उनलाई स्वतन्त्र भएर बस्न मन पर्छ । उनी सिमित व्यक्तिहरुसँग मात्रै घुलमिल छन् जसमा परिवारका सदस्य र केही साथीहरु पर्छन् ।

परिवारलाई नभनी कलाकारितामा प्रवेश
थानकोटको मंगलोदय माध्यामिक बिद्यालयबाट एस एल सी पास गरेपछि रत्न राज्य लक्ष्मी क्याम्पसमा आईए अध्ययन गर्ने क्रममा परिवारलाई नभनी नृत्य र अभिनय सिक्न थालेका आर्यनले थिएटर र सिरियल पछि बल्ल सिनेमामा आउने अवसर पाएका हुन् । सिरियल ‘हाउसफूल’ र ‘खुशी पल भरको’मा उनको काम देखेपछि निर्माता छविराज ओझा र निर्देशक उज्जवल घिमिरेले किस्मतको लागि आर्यनलाई प्रस्ताव राखेका थिए । त्यस बखत निर्माता ओझा ‘हाउसफूल’मा आर्यनको काम देखेर प्रभावित भएका थिए भने निर्देशक घिमिरे सिरियल ‘खुशी पल भरको’बाट । आर्यनले सिरियल खुशी पल भरकोमा आफ्नो नाम हरिश नै
किस्मतबाट सिनेमामा प्रवेश गरेका आर्यनलाई किस्मत अघि पनि एउटा सिनेमाको लागि प्रस्ताव आएको थियो । तर कारणबस सिनेमा निर्माण भएन । यहि कारण आर्यनको सिने करिअरको डेब्यु सिनेमामात्रै हैन टर्निङ पोईन्टको रुपमा सिनेमा ‘किस्मत’ अघि आयो । यस सिनेमामा आर्यनले त्यस बखतकी चर्चित नायिका रेखा थापासँग काम गर्ने मौका पाएका थिए ।

हरिश बाट आर्यन बन्नुको कारण
सुर्खेतमा जन्मेका आर्यनको न्वारान र नागरिकताको नाम हो हरिश सिग्देल । उनले कलाकारिताको सुरुवाती दिनमा सिरियलहरुमा काम गर्दा पनि हरिश नामकै प्रयोग गरेका थिए । तर उनलाई कलाकारितामा लागिसकेपछि यहि क्षेत्रको लागि ग्ल्यामर नाम राख्ने रहर थियो । पोलिटिकल साईन्स अययन गर्ने क्रममा उनले आर्य समाजको बारेमा पढे । त्यहाँ उनले आर्यनको अर्थ भेटाए, पूरै समाज । आर्यनले पूरै समाजलाई नै जनाउँदो रहेछ भनेर उनलाई यो नाम मन पर्यो । अनि उनले आफ्नो नाम हरिशबाट परिवर्तन गरेर आर्यन राख्ने निधो गरे । उनले नाम परिवर्तन गर्नुको अर्को कारण पनि छ । खासमा हरिशको अर्थ हुन्छ हलोको अगाडिको भाग ।यो कुरा आर्यनलाई मन परेन । यहि कारण उनले नाम परिवर्तन गरेरै छाडे । अहिले उनी आर्यन सिग्देलका नामले परिचित भएका छन् । तर उनी हरिश पनि कहिल्यै पछि नपरेको भन्दै आर्यन छविको रुपमा हरिश सधैँ आफू भित्र रहेको बताउँछन् ।‘किस्मत’बाट करिअरको सुरुवात गरेका अभिनेता आर्यनले त्यसपछि हिफाजत, आई एम सरी, के यो माया हो, कसले चोर्यो मेरो मन, नोभेम्बर रेन, फस्ट लभ, क्लासिक जस्ता सफल सिनेमामा काम गरेका छन् । आर्यनको मुख्य भूमिका रहेको सिनेमा रुद्र प्रिया कार्तिक ३ लक्ष्मी पूजाको अवसर पारेर रिलिज हुँदैछ । source:gufgaf

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ud2xut
via IFTTT

0 comments:

Post a Comment

add

 
Top