Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ साउन– भारत र चीनबीच डोक्लामको सीमाका विषयमा लामो समयदेखि विवाद रहेको छ ।

भुटान र चीनको सीमा जोडिएको डोक्लाममा भारतीय सेनाको उपस्थितिलाई चीनले अस्विकार गर्दै आएको छ । र, उक्त स्थानबाट तत्काल हट्नका लागि चीनले भारतलाई चेतावनी दिदै आएको छ ।

भारतसँगको सीमा बिबादपछि चीनले छिमेकी देशहरुलाई आफ्नो पक्षमा ल्याउन नयाँ चाल चलेको भारतीय सञ्चार माध्यमहरुमा समाचार छापिएको छ । चीनले डोक्लामको विषयमा अन्य देशरुसँग छलफल गर्दै अघि बढ्ने निर्णय समेत गरेको छ । चीनले पछिल्लो समय नेपालसँगको छलफल र कुराकानीलाई तिब्रता दिएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।

पहिला भारत चीन र नेपाल त्रिदेशीय विषयलाई संयुक्त छलफल गर्ने भएपनि पछिल्ला दिनमा त्यो क्रम टुटेको टाइम्स अफ इण्डियाको एक रिपोर्टमा प्रकाशन भएको छ ।

नेपाल चीन र भारतसँग सीमा जोडिएको देश भएका कारणले नेपालको भूमिका महत्वपूर्ण हुने भन्दै भारतीय सञ्चारमाध्महरुले चीनले नेपाललाई आफ्नो पक्षमा पार्न खोजिरहेको उल्लेख गरेका छन् । पछिल्लो समय नेपाल चीन नजिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार चीनका डेप्युटी प्रमुखले डोक्लाम मुद्दाका विषमा नेपाली समकक्षीसँग कुराकानी गरेका थिए ।

यो कुराकानीमा उनीहरुले डोक्लाम विवादका विषयमा कुराकानी गरेका थिए ।

यस अवसरमा बेजिङले एक पटक फेरि आफ्नो कुरा दोहोराउँदै दुई देश बीच कुनै अर्थपूर्ण कुराकानीका लागि भारतले डोक्लामबाट आफ्नो सना फिर्ता बोलाउनुपर्ने बताएका थिए ।

यो पुरै मुद्दामा नेपाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । नेपाल चीन र भारतबीचको यो विवादबाट बच्न खोजेको छ । lokaantar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vtiUHe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top