Photo of Milford Sound in New Zealand

सुनसरी, साउन ३१ – चारघण्टा बाढीमा बगेको मान्छे बाँच्न सक्ला ? झट्ट सुन्दा के बाँच्थ्यो भन्ने लाग्न सक्छ । तर होइन सुनसरीकी सानुमाया राईलाई भेटेपछि पत्याउनुपर्छ । शुक्रबार रातिको बाढीमा चारघण्टा बगेकी सानुमाया अहिले अस्पतालबाट डिस्चार्ज भएर आराम गरिरहनुभएको छ ।

उहाँसँगै सुतेकी दिदीको शव विराटनगरमा भेटियो । भिनाजु र भदाको अत्तोपत्तो छैन । भदैनी रुखमा चढेर बाँचिन् । बुढी खोलाको बाढीमा झण्डै १० किलोमिटर बगाएकी सानुमायालाई वीपी कोइराला स्वास्थय विज्ञान प्रतिस्ठान धरानले निको भएको भन्दै घर पठाएको छ । अहिले उहाँ इटहरी ५ जनता वस्तीमा रहेको मामाघरमा हुनुहुन्छ । तर मन भने दिदी भिनाजु र सानो भदालाई खोजिरहन्छ ।

त्यत्रो बाढीमा बग्दा समेत बाँचेको भन्दै उहाँलाई हेर्न थुप्रै मान्छेहरु आँउछन् । आउने हरेकलाई उहाँ सोध्नु हुन्छ दिदी भिनाजु भेटिए ? उज्यालो सम्वाददाता लाई पनि भेट्नासाथ उहाँको पहिलो प्रश्न थियो दिदी भिनाजु भेटिनु भो ? (दिदीको शव भेटिएको जानकारी उहाँलाई दिइएको छैन ।) ‘खोजी भइरहेको छ ।’ सम्वाददाताले आश्वास्त पार्न खोजेपछि उहाँले शुक्रबार मध्यरातको कुरा सुनाउनुभयो–‘मस्त निन्द्रामा थिए । ठूलो आवाज आयो उठेर हेर्दा खाटसम्म पानी आइसकेको रहेछ । मोवाइल बालेर हेर्दा सुँगुर बग्दै गरेको देखें । त्यसपछि दिदीभिनाजु र भदा भदैनीलाई उठाएँ । उनीहरु सिलिङ्गमा समातेर झुण्डिन थालेँ ।’

केहिबेर खोकेपछि उहाँले त्यो कहालीलाग्दो रात फेरी सम्झनुभयो दिदीकी छोरी कमला मै भएको ठाँउमा आई, दुईजना मिलेर ट्वाइलेटको ढोका ठेल्यौ, तर पानी पसि नै रह्यो । हामीलाई डुवाउन लागीसकेको थियो । हेर्दाहेर्दै पल्लो घर बगायो । बाढीको ठूलो भुल्काले हाम्रो घ पनि बगायो म पल्लो छेउमा पुगें त्यसपछि भदैनी कमलासँग छुट्एिँ ।’ दिदी र मैले नजिकैको बयरको बोट समात्यौ, भिनाजु र सानो भदालाई देखिन । ठूलो छोरा मम्मी मम्मी भनिरहेको थियो तर ठूलो भेल आएपछि दिदीलाई कहाँ पुर्‍यायो, मलाई कहाँ ? त्यसपछि म एक्लै भएँ ।’ उहाँका आँखा टिलपिल भए ।
चार घण्टा संघर्ष

सानुमाया राईले जीवनमा कहिल्लै पौडी खेल्नुभएको थिएन । सानुमायाले खोलामा डुब्यो भने हातखुट्टा चलाइरहनुपर्छ भनेर स्कुलमा पढ्नुभएको थियो । बाढीमा बग्न थालेपछि उहाँले त्यहि सम्झनुभयो अनि मनले भन्यो हात खुट्टा चला सानु ।

कुनै चलचित्रको कहानी जस्तो कथा उहाँले सुनाउनुभयो ‘भेलले कहिले कता लान्थ्यो कहिले कता, म चाँही रुखका ठूटा समात्दै हातखुट्टा चलाइरहेँ । पानीले कहिले डुवाँउथ्यो त्यसबेला लाग्थ्यो अब मर्छु होला, फेरी उताथ्र्यो फेरी लाग्थ्यो अब बाँच्छु होला । खुट्टाले काठको ठूटा च्यापेर हात चलाँउदै गर्दा फेरि पानी भित्र डुब्थेँ फेरि निस्कन्थेँ फेरी ठूटा समात्थेँ । ठूटा समातिन्जेल कहिलै मर्छु जस्तो लागेन ठूटा छुट्ने बित्तिकै अब मर्छु होला जस्तो लाग्थ्यो ।’
बचाउने अनुहार थाहा छ नाम थाहा छैन

बाढीमा जति बगेपनि र डुब्दै उत्रिदै गरेपनि उहाँको होस भने गुमेन । मनमनै मर्दै र बाँच्दै गरेको चार घण्टा वितिसकेको रहेछ । उहाँले भन्नुभयो– बाढीले रुखको बिचमा झ्यासमा अड्काएको रहेछ, पर गाँउमा धिपधिप बत्ति बलेको जस्तो देखेँ, जोडले चिच्याएँ तर कसैले सुनेन । रोएँ कराएँ तर कोही आएन शायद कसैले सुनेन । आशा मरिसकेको थियो, टर्चको उज्यालो म भएतिरै आएजस्तो लाग्यो । सपना हो कि विपना जस्तो । हातमा रहेको लठ्ठी बेस्सरी हल्लाए । एकजना भाइ आए र मलाई निकालेको जस्तो लाग्छ त्यसपछि मैले केही थाहा पाइन ।

होश खुल्दा घरमा रहेछु । मान्छेहरु मलाई कुरेर बसिरहेका थिए । सबैकुरा भनेपछि मलाई अस्पताल पुर्याए । अस्पताल आएपछि मात्रै मामाहरु मलाई लिन आइपुग्नुभयो । आफूलाई भेलबाट बचाएर ल्याउने मान्छे को थिए ? उनीहरुको नाम सानुमायालाई थाहा छैन तर उनीहरुको अनुहार झल्झली आउँछ । ‘नाम सोध्ने होशै भएन उनीहरुको अनुहार सम्झिरहेको छु सानुमायाले भन्नुभयो उनीहरु जो भएपनि मेरा भगवान थिए । मैले जिउँदै भगवान भेट्टाएँ ।

The post चार घण्टा बाढीमा बगेकी युवती भन्छिन् : ती भगवानको नाम हैन अनुहार मात्र सम्झन्छु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w6iojc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top