Photo of Milford Sound in New Zealand

दाङ–पश्चिम दाङमा एक बाढी पीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडानम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती महिलालाई साउन २९ गते राती १० बजेतिर वलीले बलात्कार गरेका थिए । वलीले ती महिलाका श्रीमान्लाई घरनजिकैको होटेलमा मदिरा सेवन गराई बेहोस बनाएर श्रीमतीलाई बलात्कार गरेका थिए ।

वलीलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी ऐन अनुसार मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक विवेक कुमार शाहले जानकारी दिए ।

The post वाढी पीडितको घरमा अर्को पीडाः श्रीमानलाई मदिरा खुवाएर श्रीमतीमाथि बलात्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uY5oqK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top