Photo of Milford Sound in New Zealand

काठमाडाैं। कम्युनिष्टहरूको मात्रै सरकार नबनोस् भनेर जतिसुकै प्रपञ्च रचेपनि अन्ततः ‘चाउचाउ चौधरी’ अर्थात विनोद चौधरी असफल भए। आफ्ना अनगिन्ति आर्थिक अनियमितताहरूलाई ढाकछोप गर्न पहिले उनी एमालेबाट माननीय भई रातो पासपोर्टको निकै दुरुपयोग गरेका थिए भने यसपटक कांग्रेसबाट माननीय मात्रै होइन, अर्थमन्त्री नै बने, उनले विगतमा गरेका आर्थिक सबै अपराधहरू बिर्को लगाउन भनेर नै कांग्रेसको समानुपातिकमा आए र भारतीय राजनीतिमा विशेष प्रभाव भएकी अरुणा इरानीमार्फत नेपालमा कम्युनिष्टहरूको मात्र शासन नहोस् भनेर अनेक प्रपञ्च रचे तर उनी अहिले पूर्ण असफल भएका छन् ।

दरबार हत्याकाण्डपछि एक्कासी संसारका धनीहरूमध्ये राम्रै नम्बरमा परेका चौधरी, उनको व्यापारीक गतिविधि गहिरो अनुसन्धान गर्ने हो भने उनी अहिलेका चुणामणि शर्मालाई हजारौं गुनामा पछाडि पार्दछन् । २०३३।०३४ सालसम्म एउटा दुधको होलसेलर कसरी अचानक तीन दशकभित्रै संसारका खरबपतिहरू मध्ये परे त ? पछिका दिनमा उनलाई एउटा वाईवाई चाउचाउले मात्रै त्यो स्थानमा पु¥यो त ?

यो नेपालको हरेक घरानिया व्यापारीहरूबीच चल्ने छलफल हो । हो, उनले केही पूर्व सेनापतिहरू, जर्नेलहरूले कमाएका सम्पतिलाई समेत प्रयोग गरे होलान्, त्यतिले मात्रै उनको आजको यो आर्थिक हैसियत हुन सक्दैनथ्यो, बाउबराजुको सम्पतिको कुरा गर्ने हो भने त्यो सबैलाई सत्यतथ्य स्पष्ट छ ।

उनी अहिले भारतीय रणनीति अनुसार नै एमालेलाई रोकेर कांग्रेस माओवादीको सरकार बनाउन चाहन्थे, जसमा उनलाई अर्थ मन्त्रालयको कार्यभार सुम्पन्न कांग्रेस वचनबद्ध थियो । उनी एक पटक अर्थमन्त्री भएपछि नेपालको अर्थनीति सुधार्नुभन्दा विगतमा उनले जोडेका सम्पतिहरू वैध बनाउने मात्रै होइन, सदाका लागि सरकारको अघि एउटा इमानदार व्यापारीको रूपमा प्रस्तुत हुनु थियो, तर उनको मन्त्री हुने सपना पूरा नभए पनि उनका गैरकानुनी आर्थिक गतिविधिहरू रोक्न भने सरकार कति सफल देखिने हो त्यो भने पर्खौं र हेरौं भन्नु मात्र पर्दछ। जनभावना साप्ताहिकले खबर लेखेकाे छ।

The post दरबार हत्याकाण्डपछि अर्बपति बनेका बिनोद चौधरीको प्रयास असफल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2HtYWzt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top