Photo of Milford Sound in New Zealand

भर्खर बिहे गरेका बेहुलाको लागि शौचालय जानु जीवनकै सबैभन्दा ठूलो भूल सावित भएको छ । ती बेहुला शौचालय जाँदा नवविवाहित बेहुली विधवा भएकी छिन् । घटना भारतको उत्तर प्रदेशको आगरामा भएको हो ।

यहाँ भर्खरै बिहे गरेर बेहुली लिएर घर जाँदै गरेका बेहुलालाई बाटोमा ट्वाइटेट जानु पर्यो । शौचालयबाट फर्किरहेका उनलाई तीब्र गतिको ट्रकले ठक्कर दियो र उनको घटनास्थलमै मृत्यु भयो । बेहुली तत्कालै बेहोस भइन् र बिहे गराएको दुई परिवारमा होहल्ला मच्चियो । आइतबार बिहे गरेका बिमल र सरिता सोमबार घर फर्किँदै थिए ।

फर्किंदा कारमा बेहुला बेहुलीसँगै अन्य ४ जना थिए । बाटोमा एउटा ढाबामा गाडी रोकिएपछि बेहुला बिमल सडक पार गरेर शौचालय गए । शौचालयबाट फर्किदा उनले दायाँबायाँ नहेरी सडक पार गर्न थाले । यही बेला तीब्र गतिमा आएको ट्रकले बेहुलालाई किच्यो । ठक्करबाट बेहुलाको लाश टुक्राटुक्रा भएको थियो । dcnepal

The post भर्खर बिहे गरेका बेहुला ट्वाइलेट जाँदा विधवा भइन् बेहुली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2om8Nyn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top