Photo of Milford Sound in New Zealand

तपाईँ बलिउड अभिनेता अर्जुन कपुरलाई चिनुहुन्छ होला ? उनले ‘गुन्डे’, ‘हाफ गर्लफ्रेन्ड’, टु स्टेट्स, ‘मुबारका’ लगायतका फिल्ममा काम गरिसकेका छन् । छोटो समयमै आफुलाई बलिउडमा स्थापित गर्न सफल उनी मोना कपुर र बोनी कपुरका छोरा हुन् । अर्थात श्रीदेवीका सौतेनी छोरा हुन् । श्रीदेवी अर्जुन कपुरको बुवा बोनी कपुरसँग विवाह बन्धमा बाँधिएकी थिईन् । उनीहरु बीच सधैँ शित युद्ध रह्यो । आफ्नो आमाको जीवनमा सौता बनेर प्रवेश गरेको भन्दै अर्जुन कपुरले उनलाई कहिल्यै राम्रो नजरले हेरेनन् । उनले कहिल्यै आमा भनेर सम्बोधन पनि गरेनन् । एकपटक पत्रकारहरुको प्रश्नमा उनले भनेका थिए– उनी मेरो बुवाको श्रीमति हुन् मेरी आमा होईनन् ।

त्यसैले श्रीदेवी र अर्जुन कपुर बीच सम्बन्ध कहिल्यै राम्रो भएन् । सन् २०१२ मा अर्जुनकी आमा मोना कपुरको निधन भए पछि अर्जुन झनै दुःखीत बने । बोनीले श्रीदेवीलार्य भित्र्याएपछि अर्जुनकी आमाले घर छोडेकी थिईन् । उनीहरु छुट्टा छुट्टै बस्दै आएका थिए । हाल अर्जुन आफ्नो बहिनीसँग एक्लै बस्दै आएका छन् । बलिउड जस्तो एउटै परिवारमा भए पनि यी सौतेनी आमा छोराको बोलचाल थिएन् ।

The post अर्जुन कपुरकी सौतेनी आमा हुन् श्रीदेवी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CHFgED
via IFTTT

0 comments:

Post a Comment

add

 
Top