Photo of Milford Sound in New Zealand

काठमाडाैं – केपी लोलीले बोलेपछि तरङ्ग मात्र ल्याउँदैनन् बोलेको पनि पूरा गरिछाड्छन् भन्ने गरिन्छ । सपना धेरै देख्ने र सपना पूरा गर्न एक्सनमा पनि जाने नेताको परिचय बनाएका ओलीले आइजीपी प्रकरणमा नवराज सिलवालमाथि अन्याय भएकोमा कडा अभिव्यक्ति दिइरहे ।

सिलवाल आइजीपी नबन्ने निश्चित भएपछि राजीनामा दिनु अगावै एमालेले सांसद बनाउने घोषणा समेत गरे । ओलीले बोलेपनि धेरैले विश्वास गरेका थिएनन् । कतिपयले समानुपातिकतर्फ नाम राख्नसक्ने अनुमान गरे । तर, ओलीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाएरै छाडे ।

चुनावमा टिकट पाएपछि नवप्रवेशी सिलवाललाई जित हासिल गर्न कठिन ठानिएको थियो । उनका प्रतिष्पर्धी निवर्तमान सांसद तथा अर्थराज्यमन्त्री उदयशमशेर राणा हुनुले समेत सिलवालले जित्लान् भन्नेमा आशंका गरिएको थियो । राणाले ललितपुर क्षेत्र नम्बर १ मा विकास बजेट धेरै खन्याएका र राष्ट्रिय राजनीतिमा समेत छाएकाले हेभिवेट नेता मानिएको थियो । तर, धेरैको आशंकालाई मेट्दै सिलवालले छ हजार बढी मतान्तरले जित दर्ता गरे ।

सिलवालले जितेपछि उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ । ओलीले सिलवाललाई सांसद मात्र नभई गृहमन्त्री बनाउने घोषणा समेत गरेका थिए । ओलीको यही घोषणाले मतदातालाई प्रभावित पारेको थियो । भावी गृहमन्त्री ठानेर धेरै मतदाता उनीप्रति आकर्षित भए । त्यसमाथि उनीमाथि अन्याय भएको विषयले मतदातालाई प्रभावित पारेको थियो ।

जे बोल्यो त्यो गर्ने नेताको परिचय बनाएका ओलीले सिलवाललाई गृहमन्त्री बनाउलान् ? प्रतिक्षाको विषय बनेको छ । एमालेमा धेरै हस्तीहरू चुनाव जितेर आएका छन् । गृहमन्त्रीको अनुभव सँगालिसकेका भीम रावल देखि आकांक्षी विष्णु पौडेल, इश्वर पोखरेल सम्मका नेताहरू छन् ।

हस्तीहरूलाई पन्छाएर ओलीले सिलवाललाई अवसर दिनेमा धेरैको आशंका छ । सिलवाललाई गृह दिएपनि राज्यमन्त्रीको जिम्मेवारी मिल्ने अनुमान समेत गरिएको छ । तर, बोलेपछि गरिछाड्ने ओलीले बाचा पूरा नगर्लान् भन्न सकिन्न ।

देउवाले सिलवाललाई आइजीपी बन्नबाट रोकेकोमा ओलीको गहिरो असन्तुष्टि थियो । यस घटनाले उनलाई बिझेको थियो भन्ने सिलवाललाई सांसद सम्म बनाउन भूमिका खेलेबाट प्रष्ट हुन्छ । ओली देउवालाई देखाउनका लागि भएपनि सिलवाललाई गृहमन्त्री बनाउन सक्छन् । विगतमा एमालेभित्र आफ्ना विरोधी हस्ती युवा नेताहरूलाई देखाउन चुनाव हारेका महेश बस्नेतलाई मन्त्री बनाएका थिए ।

कर्णबहादुर थापालाई समेत मन्त्री बनाए । ओलीमा ‘राजहठ’ रहेको विगतका घटनाले देखाउँछ ।

यही हठले उनलाई राजनीतिको यो उचाईमा पु¥यायो । उनको हठले सिलवाललाई गृहमन्त्री सम्म बनाउन सक्छ । उनी गृहमन्त्री बनेमा प्रहरी मुख्यालयमा रोचक दृश्य देखिनेछ ।

उनका प्रतिष्पर्धीहरू आइजीपी प्रकाश अर्याल र जयबहादुर चन्द सम्मले सलाम ठोक्नुपर्ने हुन्छ । ओलीको बोली व्यवहारमा परिणत भएमा त्यो दिन नआउला भन्न सकिन्न । रिपोर्टर्स नेपालबाट

The post नवराज सिलवाललार्इ गृहमन्त्री बनाउने घोषणा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2o7Wcjk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top