Photo of Milford Sound in New Zealand

काठमाडौं, फागुन १५ – विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो खेल खेलिरहेका छन । पहिलो अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ गरिरहेको छ । युएइ ताजा अवस्थामा ६ विकेटको क्षतिमा २७ ओभरको समाप्तिमा १६९ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए ।

युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् ।
युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन । १५ औं ओभरको पहिलो बलमा राजवंशिले युएईका रमीज साहजनज शून्य रनमा नै आउट गरेका हुन् ।

युएईको चौथो विकेट पनि राजवंशिले नै लिए । ४२ रन बनाएर खेलेका युएईका अस्पाक अहमदलाई राजवंशिको बलमा दिपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् ।
युएईको पाँचौ विकेट नेपालका ललित भण्डारीले लिएका हुन् । युएईको पहिलो विकेट लिएका भण्डारीले पाँचौ विकेट युएईका साइमन अनवरलाई १६ रनमा आउट गराएका हुन् ।

युएईको छैटौं विकेट पनि नेपालका ललित भण्डारीले नै लिए । युएईका माहम्मद उस्मानलाई २६ रनमा आउट गराएका हुन् । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नै सुरु हुने भनिए पनि पानी परेका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको हो ।

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे पुगेका हुन । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका हुन । नामिबियामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो ।

जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

The post ललित भण्डारीले तीन विकेट लिए, युएईको छैटौं विकेट गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2CKjiAX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top