Photo of Milford Sound in New Zealand

काठमाण्डौं – इराकमा ८ महिना सम्म नारकिय जिवन बिताएकी एक चेलीलाई विभिन्न संगठन र ब्यक्तिको सहयोगमा गत हप्ता नेपाल ल्याइयो । दुवई लैजाने भन्दै काजगपत्र बनाउन लगाएको दललाले भारतमा पुगेपछि दुवई जान नमिल्ने भन्दै इराक पठायो । इराकमा पनि रेष्टुरेष्टमा काम गर्ने भनिएको थियो तर त्यो कुरा पनि पुरा भएन । उनलाई १३ सय डलरमा इराकी नागरिकको घरमा बेचियो । त्यहाँ पुग्नासाथ उनी माथिको यातना सुरु भयो । त्यो यातना सहन नसकेर उनले नेपालमा रहेका थुप्रै सहयोगी गुहारीन् । त्यही क्रममा उनले न्युज ट्वान्टी फोरका रवि लामिछानेलाई पनि स्काइप मार्फत भेटिन् । रविले उनलाई काम गरिरहेको घरवाट उद्यार गरेर एक अर्काे घरमा सार्ने ब्यवस्था मिलाइदिए ।

त्यतीले मात्र उनको उद्यार पुरा भएन । उनलाई नेपाल आउनु थियो । उनलाई नेपालसम्म ल्याइ पुर्याउन नेपाली जनप्रगतिशिल मञ्चका देश विदेशका नेपालीहरुले लाखौं रुपैया खर्च गरे । उद्यारमा प्रत्यक्ष सहयोग पनि गरे । झण्डै २ हजार डलर खर्च गरेर ती चेलीलाई नेपाल ल्याइपुर्ए पछि रवि लामिछानेले आफ्नो स्टुडियोमा लगेर उनको अन्तरवार्ता लिए ।

तर ति चेलीको उद्यारका लागि सहयोग गर्ने अन्य कुनै ब्यक्तिको नाम नै लिएनन् । हामीले यस अघि ति चेलीको अन्तरवार्ता प्रशारण गरिसकेका छौं । हाम्रो युट्युव च्यानलमा उनले आफुलाई उद्यार गर्न सहयोग पुर्याउनेको नाम पनि उल्लेख गरेकी छन् । उनले रवि लामिछानेको भुमिका पनि बताएकी छन् ।
खासमा उनको उद्यारको लागि रवि लामिछाने वाहेक अन्य को को ब्यक्तिको भुमिका थियो । उनलाई नेपाल सम्म कसरी ल्याइ पुर्याइयो । यहि विषयमा हामीले उनको उद्यारमा संलग्न केही ब्यक्तिहरुसंग कुराकानी गरेका छौं । भिडियो सहित :-

The post केहि दिन अघि इराकमा अलपत्र चेलीलाई उद्यार गर्न रवि लामिछाने मात्र होइन, हामी पनि हो भन्दै आए यी ब्याक्तिहरु मिडियामा ! आएर दिए रविलाई यस्तो जवाफ – (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sPj9wd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top