Photo of Milford Sound in New Zealand

भारतीय अभिनेत्री श्रीदेवी कपुरको दुबईमा आफ्नो भतिजा मोहित मारवाहको विवाहमा गएका बेला असमाहिक निधन भएको छ। उनी विवाह समारोह सकिएपछी दुवईमा सपिङ गरेर मात्र भारत फर्कन चाहन्थिन्। तर, अचानक श्रीदेवीको मृत्युको खबरले सम्पूर्ण कपूर खानदान छाँगाबाट खसे जस्तै भयो । साथै उनको अचानक ज्यान जानुले पनि थुप्रै प्रश्नहरु खडा भएका छन्।

१. कार्डियक अरेस्ट:
अहिले श्रीदेवीको मृत्युको कारण कार्डियक अरेस्ट भनिएको छ। श्रीदेवीका देवर संजय कपूरका अनुसार उनलाई पहिले कुनै मुटु सम्बन्धी विमारी थिएन। श्रीदेवीले आफ्नो फिटनेसलाई लिएर निकै सजग पनि थिइन्। खासगरी, कुनै पनि व्यक्तिलाई कार्डियक अरेस्ट तब हुन्छ जुन व्यक्तिलाई पहिले देखिनै मुटुको विमारी हुन्छ। त्यसकारण श्रीदेवीको मृत्युको कारण कार्डियक एट्याक नहुन पनि सक्ने आधार धेरै भेटिन्छन्।

. भोक लाग्ने औषधी:
कुनै वेबसाइटमा छापिएको समाचार अनुसार, श्रीदेवी जवान देखिन र आफ्नो भोक मेटाउनको लागि यस्तो औषधी सेवन गर्थिन्, जसले गर्दा उनको मुटुलाई समेत असर गर्न सक्थ्यो। कसैले श्रीदेवीको सर्जरीलाई उनको मृत्युको कारण मान्छन्। उनले यस्ता २९ सर्जरी गराईसकेकी थिइन्। जस मध्य एक सर्जरीमा गडबडी भएको थियो, जसका करण उनले थुप्रै औषधीहरु खाईरहेकी थिइन्।

३. बाथरुमा डुबेर मृत्यु:
दुबईको खलीज टाइम्स पत्रिकाका अनुसार, श्रीदेवीले पति बोनी कपूरसँग डिनर डेटमा जानु भन्दा पहिले तयार हुनको लागि बाथरूममा गएकी थिईन् । बाथरुममा गएको निकै समय हुँदा पनि उनी बाहिर नएपछी बोनी कपूरले ढोका ढकढकाए। ढोका नखुलेपछि बोनिले ढोका ठोक ठाक परेर बल्ल तल्ल गरेर खोले। तब उनले श्रीदेवीलाई पानीले भरिएको वाथ टबमा बेहोस भएर लडेको भेटे। बोनिले पत्नी श्रीदेवीलाई होसमा ल्याउन अनेकौं प्रयास गर्दा पनि सकेनन्। घटनालाई नजिकबाट हेर्दा श्रीदेवीको मृत्यु पानीमा डुबेर पनि भएको हुन सक्छ । हुन त बाथ टबमा दुबेरै मृत्यु हुने अवस्था त निकै कम रहन्छ, तर, मानिस सामान्य अवस्थामा भएको भन्दा बाहेक। यद्यपी, पोस्टमार्टम रिपोर्ट आएपछी उनको मृत्युको राज आफै खुल्नेछ ।

४. सुन्दर देखिनु पर्ने टेन्सन
पियाली गांगुली नाम गरेकी एक इन्स्टाग्राम एकाउन्टमा श्रीदेवीका बारे खुलाशा गरिएको छ। जहाँ लेखीएको छ, श्रीदेवीलाई आफ्नो नेचुरल ब्यूटीमा कहिल्यै पनि विश्वास लागेन। त्यसैले उनले कैयौँ पटक प्लास्टिक सर्जरी गरेकी थिइन् अथवा गरिन् । उनी सधै सुन्दर देखिन चाहन्थिन्। जुन कुराको उनलाई सधै तनाव रहन्थ्यो। सुन्दर देखिन उनले आफुले आफैलाई दिने मानसिक दवाव पनि उनको मरणको कारण हुन सक्ने आसंका पनि अहिले गर्न थालिएको छ। भनिन्छ यसैको प्रेशरले गर्दा उनलाई कार्डिअक अरेस्ट भयो ।

छोरीको पहिलो फिल्मको टेन्सन (तनाव/दवाब)
श्रीदेवीको ट्विटर एकाउन्टको सबै भन्दा पहिलो पोस्ट (पिन पोस्ट) छोरीको डेब्यु फिल्म ‘धड़क’ को पोस्टर राखेकी थिईन। उनले आफ्ना दुई छोरीलाई निकै मायाँ गर्थिन्। सधै उनीहरुको चिन्ता पनि गर्ने गर्थिन् उनी। जाह्नवी र खुशीको छायाँ नै थिइन् श्रीदेवी, छोरीहरुले पनि हरेक कुरामा आमाको नै सल्लाह लिने गर्दथे। श्रीदेवीलाई आफ्नो छोरीको पहिलो फिल्म हेर्ने ठूलो इच्छा थियो, जुन अधुरै रह्यो ।

The post ”चर्चित नायिका श्रीदेवीको मृत्युका ५ ठूला रहस्यहरु” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CmRsPh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top