Photo of Milford Sound in New Zealand

लक्ष्मी आचार्य को फिलिंग्स ।। भिडियो सहित ।। लक्ष्मी आचार्य को फिलिंग्स ।। भिडियो सहित ।। भिडियो हेर्नका लागि तल जानु होला ।।

जापानको युवामा यौनप्रति बढ्दो अनिच्छा, गहिरियो जनसङ्ख्या संकट

जापान विगतमा यसको उदार यौन संस्कारको लागि चर्चित थियो । यो लभ होटलको अवधारणा आविष्कार गर्ने देश हो ! तर यो देशको युवामा भने नयाँ परिवर्तन आइरहेको छ । २६ वर्षिया कमेडियन एनो मात्सुई भन्छन् “मैले कहिले केटीहरुलाई प्रभावित पार्न सकिँन । एक पटक मैले एक केटीलाई डेटको लागि प्रस्ताव राखेको थिएँ उनले अस्वीकार गरिन् । त्यसले मलाई निक्कै चोट पु¥यायो । ”

एनो मात्सुई जापानमा बढिरहेको सम्बन्धविहीन युवाहरुको ठूलो समूहको एक प्रतिनिधी हुन् । पछिल्लो तथ्याङ्कमा १८ देखि ३४ वर्ष उमेर समूहका ६४% जापानी युवा कहिले सम्बन्ध नपरेको पाइएको थियो । सोही तथ्याङ्कमा सो समूहका ४३% युवाहरुले कहिले यौन सम्बन्धमा नराखेकोे पाइएको थियो ।

के तपाईंको साथीहरुको स्थीति पनि यस्तै छ कि भन्ने प्रश्नमा उनले भने “मजस्तो महिलासँग पन्छने पुरुषहरु धेरै छन् । हामीलाई अस्वीकृतीले अत्याउँछ । सम्बन्धमा रहनुभन्दा बरु एनिमेसन गरेर बस्नु मज्जा । खासमा म आफैलाई घृणा गर्छु र यसमा म केही गर्न सक्दिँन ।”

त्यसपछि हाम्रो भेट ४५ वर्षिया आर्टिस्ट रोकुदेनाशिकोसँग भयो । अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने उनलाई हाम्रो पहिलो प्रश्न थियो – नयाँ पुस्तामा आइरहेको परिवर्तनले के उनलाई अचम्मित तुल्याउँछ ? “हो, ठूलो परिवर्तन देखिन्छ । मेरो पुस्ताको लागि यौन जीवनको महत्वपूर्ण हिस्सा हो । सम्बन्ध निर्माण सजिलो कुरा होइन । एक केटाले केटीलाई डेटको प्रस्ताव राखेबाट यो शूरु हुन्छ । तर धेरै केटाहरु आजकल यो प्रकृयालाई झन्झट मान्न थालेको जस्तो देखिन्छ । उनीहरु बरु पोर्न हेरेर सन्तुष्टी लिन थालेका छन् । ”

पुरुषहरुको अवस्था बुझेपछि हामीले युवतीहरुको के अवस्था छ जान्न चाह्यौ । २४ वर्षिया लेखा अधिकृत अन्ना भन्छिन्, “मेरो लागि यौनभन्दा खाना र निन्द्रा महत्वपूर्ण छ । मलाई यौनको त्यति चाहना छैन ।”

गफको क्रममा उनको सम्बन्धप्रतिको घृणाको खास कारणबारे खुल्यो “विश्वविद्यालय जान थाले पछि पहिलोपटक मैले अभिभावकको नियन्त्रणबाट स्वतन्त्रताको महसुस गरंँ । पहिलोपटक म साथीहरुसँग अबेरसम्म घुम्न वा पिउन सक्ने भएँ । प्रेमीले मैले पाएको यो नयाँ स्वतन्त्रता नियन्त्रण गरिदिनेछ, म त्यो चाहन्न ।” सम्पन्न राष्ट्र मध्ये जापानमा महिला स्वतन्त्रताको अवस्था दयनीय रहेको छ ।

पोर्नोग्राफी, न्यून आत्मसम्मान वा पितृसत्तात्मक नियन्त्रणबाट मुक्तिको चाहना कारण जे सुकै होस् जापानको आधा जनसङ्ख्या सम्बन्धको कुनै अनुभवबिना ३० वर्षमा प्रवेश गर्दै छ । सम्पन्न देशमा यो अचम्म पार्ने खालको तथ्याङ्क हो ।

यसले जापानको पहिलेदेखि घटिरहेको जनसङ्ख्यालाई झन् नकारात्मक असर पार्ने देखिन्छ । युवा जनसङ्ख्यामा बच्चाको रुचि राख्ने हिस्सामा निक्कै कमी आएको छ ।

जापानको जनसङ्ख्या सन् २००८ देखि २०१५ को बीचमा रेकर्ड दश लाख घट्यो । घट्दो जन्मदर तर बढ्दो औसत आयूको कारणले यो देशमा ६५ भन्दा बर्ष उमेर माथिकाको जनसङ्ख्याको हिस्सा २५% पुगेको छ । विज्ञले त्यो हिस्सा बढेर ४०% सम्म पुग्न सक्ने बताउछन् । यो संसारको कुनै देशले पहिला नभोगेको अवस्था हो । यसले राज्यको अर्थतन्त्रमा कस्तो असर पार्छ भनेर अनुमान मात्र गर्न सकिने अवस्थामा छौ्र ।

अहिलेको दरमा जनसङ्ख्या घटेमा हालको १३ करोड जनसङ्ख्या घटेर सन् २१०० सम्म ४.६ करोड हुनेछ । सरकारले यो चिन्ताजनक अवस्था समाधान गर्न चासो राखेको छ । उसले युवाहरुमा विवाह प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । तर अध्ययनले अविवाहित युवामा मात्र होइन विवाहित जोडीबीच पनि यौन सम्बन्ध हुन छाडेको देखाएको छ । अध्यययनले ५०% विवाहित जोडिबीचमा पनि यौन सम्बन्ध हुन छाडेको जनाएको छ । त्यसको कारणमा २१% पुरुषले थकानलाई कारण देखाएका छन् । २३% महिलाले यौनलाई अनावश्यक झमेलाको रुपमा व्याख्या गरेका थिए । जापान विश्वमा सबैभन्दा लामो अफिस टाइम भएको देशमा पर्छ । लामो समयको कामले यौनमा असर पर्ने कुरा प्रमाणीत मनोवैज्ञानिक तथ्य हो । जापानमा धेरै कामले सम्बन्धमा असर पर्ने मात्र होइन ज्याननै जाने प्रसस्त घटनाहरु बाहिर आइरहन्छन् । गिर्दो श्रमशक्तिको नकारात्मक असर यो पनि हो , यहाँ विधमान श्रमशक्तिलाई लामो समय काम गराएर अभाव पुर्ति गर्न खोजिदैछ ।

बदलिदो समाजिक अवस्थाको बारेमा टोकियोमा भेटिएकी एक युवतीले भनिन्, “आजकल धेरै महिलाहरु घरबाहिरको काम गरिरहेका छन् । जुन एक हिसाबले राम्रो पनि हो किनकी यसले जापानमा खुम्चदो श्रमशक्तिलाई पुर्ति गरिरहेको छ । यही कारणले धेरै महिलाहरुले विवाहमा विलम्ब गरिरहेका छन् । त्यसले समाजिक समस्या निम्त्याइरहेको छ ।”

अर्का पुरुषले भने “शहरको जीवन एकदमै महङ्गो छ । यहाँ परिवार शुरु गर्नु वा बच्चा जन्माउनु त झन् एकदमै गा¥हो कुरा हो । ”

जापानमा खुम्चदो श्रम शक्तिको असर हेर्न सबैभन्दा राम्रो ठाउँ वृद्धाश्रम हो । त्यहाँ एकदम वृद्धको हेरचाह गर्ने काममा ६५ वर्ष माथिका मान्छेहरुनै छन् । यही वृद्धाश्रममा भेटिएकी एक वृद्धाले भनिन युवाहरु काममा यति धेरै व्यस्त हुन्छन् कि उनीहरुलाई सामाजिकरणको लागि समयनै हुदैन । यसले सम्बन्ध हुने सम्भावनै रहदैन ।”

जापानमा यो समस्याको समाधानका लागि दुई विकल्पमा बहस भइरहेको छः रोबोटको प्रयोग र लचक आप्रबासी नीति । बहस यी दुबै विकल्पमा भएपनि मुख्य ध्यान रोबर्टमा दिइएको छ । जस्तो बृद्धहरुको स्याहार सुसार गर्ने रोवर्ट निर्माणमा मात्रै लाखौं लगानी भइरहेको छ ।

आप्रवासीहरु प्रति लचिलो नीति भने जापानमा त्यति लोकप्रिय पाइँदैन । जापान विश्वमै सबैभन्दा समरुपी राज्य हो । यहाँ ९९% जनसङ्ख्या एउटै जातिका रहेका छन् । यो कारणले आप्रबासीको सम्बन्धमा यो राष्ट्र सधैं असहज मान्ने गर्छ । बहुसङ्ख्यक जनतामा लचिलो आप्रवासी नीति अलोकप्रिय रहेको अवस्थामा सरकारले यूरोप वा अमेरीकामा जस्तो आप्रवासन नीति लिने सम्भावना छैन । टोकियोको बाटोमा भेटिएकी एक युवतीले भनिन्, “म विदेशीहरुको विरोधी त होइन तर यो जापानी समस्या हो र यसलाई हामी आफैले समाधान गर्नुपर्छ ।”

जापान मात्र तिव्र गतिमा बृद्ध भइरहेको मुलुक होइन । आगामी पाँच वर्षमा विश्वका १३ राष्ट्रहरुमा ६५ वर्षभन्दा बढी उमेरका जनसङ्ख्या २०% हुनेछ । अमेरीकाले सन् २०३० मा सो स्थान प्राप्त गर्नेछ । त्यो बेला विश्वका ३४ राष्ट्रको त्यस्तो अवस्था हुनेछ । तर, तत्कालका लागि जापानले यसको नेतृत्व गरिरहेको छ । जापानले हाल लिने कदम भविष्यमा उस्तै समस्या भोग्दै गरेका राष्ट्रहरुका लागि उदाहरण हुनेछ ।

The post लक्ष्मी आचार्य को फिलिंग्स । म भर्जिन छु, बिहे गर्ने भए दिल खाली छ ।। भिडियो सहित ।। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BQSmm8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top