Photo of Milford Sound in New Zealand

काभ्रे, फागुन ८ – खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीय बासिन्दा अचम्ममा परेका छन् ।

हप्तामा २ दिन मात्र पानी आउने गरेकोमा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानयीहरु अचम्मका साथै समस्यामा परेका छन् । उनीहरुका धारामा रगत आएपछि टोलभरकै स्थानीय बासिन्दा नगरपालिकामा डेलिगेसन गएका छन् । खानेपानी आउने धारामा रगत आएपछि बनेपा दक्षुटोलमा स्थानीयहरु डराएका छन् ।

बनेपाको ८ र ९ वडाको सिमाना दक्षुटोलका स्थानीय नागरिक खानेपानीमा रगत मिसिएको पानीसहित नगरपालिकामा डेलिगेसन आएका थिए । ‘धेरै दिनदेखि खानेपानीमा रगत मिसिएर आएको छ भनेर नगरपालिकामा भन्दा पनि वास्तै गरेनन् । अति भएपछि पानीसहित डेलिगेसनमा आउनुपर्‍यो’, स्थानीय उज्वल पोटेले भन्नुभयो ।

खानेपानीको तालिका अनुसार मंगलबार खानेपानीको धारामा पानी थाप्न पुगेका उज्वलको धारामा रगत आएको थियो । स्थानीयका अनुसार व्यवस्थित बधशाला नहुँदा शाही टोलबाट आएको ढल र खानेपानीको पाइप एकै ठाउँबाट राखिएकोले रगत आएको बताए । खानेपानीको धरामानै रगत आएपछि बनेपा वडा नम्बर ९ का वडाअध्यक्ष शेरबहादुर सुवालको नेतृत्वमा बनेपा नगरपालिकामा उजुरी गर्न पुगेका थिए ।

धेरै दिनदेखि रगत आएको र जानकारी गराउँदा पनि नगरपालिकाले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । बनेपामा रहेको खानेपानी संस्थानले वितरण गर्ने खानेपानी र बनेपा नगरपालिकाले बनाएको ढल एउटै भएको कारण घर–घरमा वितरण भएको खानेपानीमा समय–समयमा रगत आएर जनताको स्वास्थ्यमा गम्भीर असर पारेको आरोप उनीहरुको छ ।

बनेपा नगरपालिकाको हलमा सेवाग्राहीले धारामा रगतजस्तै पानी आएको स–प्रमाण देखाएपछि बनेपा नगरका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठ अलमलमा पर्नुभयो । उहाँले समस्या तत्कालैसमाधान हुने बताए पनि स्थानीयले विश्वास गरेका छैनन् । ‘धेरै पटक उजुरी गरिसक्याैँ, मेयरले केही गर्नुभएन, मिडियाको सामु भएर होला समस्या सामाधान गर्ने त भन्नुभयो तर हामीलाई विश्वास छैन्’, स्थानीयको आरोप छ ।

खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका वडा नम्बर ८ र ९ का झण्डै तीन सय घर परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् ।

The post बनेपा बासीको यस्तो बिजोक,बग्न थाल्यो खानेपानीको धारामा रगत, हेर्नुहोस यस्तो छ भित्रि रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2osenj5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top