Photo of Milford Sound in New Zealand

कैलाली – टीकपुरमा भएको नरसंहारको मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
फरार भएको करिब साढे दुई वर्षपछि चौधरी आफूविरुद्ध दायर भएको मुद्दाको प्रतिवादका लागि जिल्ला अदालतमा सोमबार हाजिर भएका थिए ।

चौधरीसँगको बयान र बहसपछि न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र दुई वर्षिय बालक सहित ८ जनाको हत्या भएपछि चौधरी फरार थिए ।

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेपछि बयान लिइएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली प्रधानमन्त्री बनेसँगै शान्ति सुरक्षा सुदृढ राख्न सुरक्षाकर्मीलार्इ कडा निर्देशन दिइएकाले अब जाेगिन नसक्ने देखेपछि चाैधरीले अाज बिहान कैलाली जिल्ला अस्पतालमा अात्मसमर्पण गरेका हुन् ।

लामाे समयदेखि प्रहरीकाे अाँखा छल्दै उनी भारतका विभिन्न स्थानमा लुकेर बस्दै अाएका थिए । यसअघिका सरकार प्रमुखले उनलार्इ पक्राउ गरी अपराधअनुसार दण्ड दिन चासाे नराख्दा उनले उन्मुक्ति पाइरहेका थिए ।

चाैधरीकाे अात्मसमर्पणसँगै नागरिकस्तरबाट अाेली सरकारलार्इ बधार्इकाे अाेइराे अाइरहेकाे छ । विभिन्न सामाजिक सञ्जालहरूमा अाेली सरकारले जनतालार्इ शान्ति सुरक्षाकाे प्रत्याभूति दिलाउन सुदृढ कदम चालेकाे टिप्पणी भइरहेकाे छ ।

etajakhabar

The post अाेली सरकारकाे दाेस्राे सफलता, साढे २ वर्षदेखि फरार रेशम चाैधरी जेल चलान, नागरिकले दिए धन्यवाद appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2F8Jo5G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top