Photo of Milford Sound in New Zealand

काठमाडौं– चितवनकी रेश्मा (नाम परिवर्तन) हराएका आफ्ना बुबा खोज्दै २ महिनाअघि काठमाडौं आइन्। उपत्यकामा उनका आफन्त र चिनेजानेका कोही थिएनन्। उनी कलंकीस्थित पशुपति गेष्टहाउसमा बसेर बुबा खोज्न थालिन्।

उनीसँग पैसा थोरै थियो। दिनभर राजधानीका विभिन्न ठाउँमा भौंतारिँदै बुबाको खोजी गर्थिन् र बेलुका गेष्टहाउसमा बस्थिन्। निकै दिन बितेपछि उनलाई गेष्टहाउसका सञ्चालकले कोठा र खानाको बिल तिर्न नत्र होटल छाड्न भने।

तिर्नका लागि उनीसँग पैसा थिएन। त्यसपछि होटलका सञ्चालकले उनलाई एउटा प्रस्ताव राखे। प्रस्ताव थियो- ग्राहकहरुसँग रात बिताउने।

केही उपाय नभएपछि उनी त्यो प्रस्ताव स्वीकार गर्न बाध्य भइन्। त्यसवापत रेश्माले २ हजार पाउने र होटल मालिकलाई १ हजार बुझाउनुपर्ने सर्त बन्यो। ग्राहकहरु गेष्टहाउस मालिकले नै खोज्थे। तर, तोकिएको २ हजार पनि युवतीले पाउँथिनन्। होटलमा बसेको भाडा भन्दै सबै पैसा सञ्चालकले आफैं राख्थे।

उनलाई दुई महिनादेखि होटलमै बन्धक बनाएर वेश्यावृत्तिमा लगाइएको थियो। घटना प्रहरीले थाहा पाएपछि होटल सञ्चालक ज्ञानदीप अधिकारीलाई बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ। उनलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको कालिमाटी वृत्तका डिएसपी प्रदीपकुमार क्षेत्रीले बताए।

मोबाइल चोर खोज्दा खुल्यो रहस्य

केही दिनअघि सो गेष्टहाउसमा एक व्यक्तिको मोबाइल चोरी भएको थियो। गेष्टहाउसमै बस्ने व्यक्तिले चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले गेष्टहाउसमा अनुसन्धान अघि बढाएको हो।

सोही क्रममा लामो समयदेखि गेष्टहाउसमा बस्दै आएकी युवतीलाई पनि प्रहरीले सोधपुछ गर्यो । सोधपुछको क्रममा वेश्यावृत्तिको धन्दा खुलेको डिएसपी क्षेत्रीले बताए।

The post कलंकीमा अनौठो घटना, बिल तिर्न नसकेपछि युवतीलाई ग्राहकसँग रात बिताउन लगाइयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EOqkJQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top