Photo of Milford Sound in New Zealand

०६३ असार १५ अघि (जतिबेला देशमा राजतन्त्र थियो) कम्तिमा बर्षको दुई पटक राजारानी परिवारसहित गोरखा दरबार आउँथे। तत्कालिन बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दरबार मात्रै नभएर गोरखा दरबार राजपरिवारको कुलदेवताको थान पनि हो।

जब मुलुकमा राजतन्त्र अस्तायो, गणतन्त्र आयो। त्यही दिनदेखि राजपरिवारका सदस्यहरु फर्केर पनि गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिर आएनन्। दश बर्षपछि पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्त्र, छोरीहरु पूर्णिमा र कृर्तिकाको साथ कुलदेवता पूज्न आज दरबार आइपुगेकी छिन्। उनले एक घण्टा कालिका मन्दिरमा पूजाअर्चना गरिन्।

गोरखा दरबारका मुख्य पूजारी प्रदीपनाथ योगीले बर्षेनी ठूलो दशैं र चैते दशैंको अष्टमीका दिन राजारानीहरु परिवारका सदस्यसहित बिशेष पूजाका लागि गोरखा दरबार आउने गरेको भएपनि गणतन्त्रपछि पूर्वराजा तथा परिवारका सदस्य नआएको बताए। नेपालखबरसँग उनले भने ‘पूर्वयुवराज्ञी शाहको दरबारस्थित कालिका मन्दिरमा भएको उपस्थितिले हर्षित बनाएको छ।’

प्रदीपनाथ योगी ती पूजारी हुन् जसलाई कुनैबेला माओबादीले जुत्ताचप्पलको माला लगाएर गोरखा बजार डुलाएका थिए। पञ्चायत, राजतन्त्र, गणतन्त्र भोगेका उनै पूजारी योगी प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपाको गोरखास्थित संयोजक छन्।
पूर्वयुवराज्ञीलाई पञ्चैबाजा सहित दरबारमा स्वागत गरेको उनले बताए। भने, ‘भव्य स्वागत भएको छ।’

पूर्वयुवराज्ञीको भ्रमणले राप्रपाका कार्यकता, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भ्याइनभ्याइ छ। बिभिन्न टोलबासीले शाहलाई फूलमालाले स्वागत गरेका छन्। साथै पूर्वयुवराज्ञी शाहले गोरखा संग्रहालय अवलोकन गरिन्। मंगलबार बिदा हुने गरेको गोरखा संग्रहालय पूर्वयुवराज्ञीका लागि आज खुल्ला रह्यो भने कर्मचारीहरु फूलमाला बोकेर शाहको स्वागतमा उत्रेका छन्। source:nepalkhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rQtE0a
via IFTTT

0 comments:

Post a Comment

add

 
Top