आतंकवादलाई सहयोग गरेको आरोप लगाएको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारलाई १२ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री सम्झौता गर्ने अनुमति दिएका छन्।
अमेरिका भ्रमणमा रहेका कतारका रक्षा मन्त्री र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ।ट्रम्पले कतारलाई ‘उच्च तह’ बाट नै आतंकवाद आर्थिक सहायता गरेको आरोप लगाउँदै कतारविरुद्ध नाकावन्दी लगाउने साउदी अरब लगायतका देशको खुला समर्थन गरेका थिए।
सम्झौता अनुसार अमेरिकाले ३६ वटा ‘एफ-१५ क्युए’ युद्ध विमान कतारलाई बेच्ने छ। ‘यो सम्झौताले कतारलाई आफ्नो देशको सुरक्षा सामर्थ्य बढाउन र र अमेरिकी सेनालाई हिंसात्मक अतिवाद विरुद्धको अभियानको बोझ कम गराउन भूमिका खेल्छ भन्ने हामीलाई लाग्छ,’ कतारका विदेश मन्त्रीले विज्ञप्ति जारी गर्दै भनेका छन्। केही दिनदेखि खाडी मुलुकमा चलिरहेको क्षेत्रीय द्वन्द्वको अवस्थामा उक्त सम्झौताले कुनै प्रभाव नपार्ने अमेरिकी विदेश मन्त्रालयले बताएको छ। सम्झौताअनुसार हतियार आपूर्ति गर्न वर्षौं लाग्ने उसको तर्क छ।
तर हतियार खरिद-बिक्री सम्झौता नयाँ होइन।
सन् २०१६ नोभेम्बरमा अमेरिका र कतारबीच २० अर्ब डलरभन्दा बढी रकमको हतियार बेच्ने समझदारी भएको थियो। त्यसको अर्थ अमेरिकी संसद र कार्यकारीले ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै उक्त समझदारीलाई अनुमोदन गरिसकेको थियो। त्यही समझदारी अन्तर्गत अहिले कतारलाई १२ अर्ब डलर बराबरको युद्ध विमान बेच्ने सम्झौतामा हस्ताक्षर भएको हो। कतारलाई आतंकवादलाई समर्थन गरेको आरोप लगाए पनि ट्रम्पले हतियार बिक्रीलाई रोकेनन्। चाहेको भए ट्रम्पले त्यसलाई रोक्न सक्थे।
आपूर्ण पोस्ट बाट साभार
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rxUGKU
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.