Photo of Milford Sound in New Zealand

एजेन्सी । मोडल तथा अभिनेत्री कृतिका चौथरी आफ्नै अपार्टमा मृत फेला परेकी छिन् | शवको प्रकृति हेर्दा हत्या गरिएको देखिन्छ | कृतिकाको शव सडेगलेको दुर्गन्धित अवस्थामा प्रहरीले कृतिकाको फेला पारेको हो।

टाउकोमा चोटको निशाना देखिएका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ तर त्यसको पुष्टी भने हुन नसकेको स्थानीय सुरक्षाकर्मीलाई उदृत गर्दै भारती सञ्चारमाध्यमले लेखेका छन्।

परिचय सिरियलबाट अभिनयको यात्रा सुरु गरेकी कृतिकाको तीन चार दिन अघि मुम्बई स्थित उनकै फ्याटमा अज्ञात व्यक्तिले हत्या गरेको समाचारमा उल्लेख छ। उनको अपार्टमेन्ट मुम्बईको अन्धेरी वेस्ट क्षेत्रमा रहेको छ। उनको हत्यापछि शव सडेको अवस्थामा भेटिएको प्रहरीले फेला पारेको हो।

त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन्, आज पौने चार बजे हामीलाई कसैको फोन आयो, यहाँको अपार्टमेन्टमा दुर्गन्ध आइरहेको छ। उक्त सुचना पनि हामी त्यहाँ पुगेर अनुन्धान गर्दा कृतिको शव सडेगलेको अवस्थामा फेला पर्यो।

यस्तो छ शवको प्रकृति ?
प्रहरीका अनुसार कृतिकाको शव सडेको अवस्थामा फेला परेको छ। उनको शव कुहिएर सबै तिर दुर्गन्ध फैलिएको थियो | उनको शव निकै सडेकाले प्रहरीले फोरेन्सिक टिमलाई खबर गरेको थियो। फोरेन्सिक टिमले नै उनको टाउकोमा चोट लागेको बताएको हो। कृतिकाको शवलाई अहिले पोस्टमार्टमका लागि अस्पताल पुर्याएको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2siNEsN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top