Photo of Milford Sound in New Zealand

एजेन्सी । सफलता सहजै पाइँदैन र सफल हुनका लागि मानिसले अनेक दुख को सामना गर्नु पर्छ । हो यस्तै कठिन अवस्था पार गरेर एक महिलाले पनि सफलता पाएकी छिन् ।

उनी हुन् भारतकी स्मृति इरानी । उनी अहिले मानव संसाधन मन्त्रालयको जिम्मेवारीमा छिन् । भारतीयलोकसभा निर्वाचनमा भारतीय जनता पार्टी बहुमत ल्याएपछि नरेन्द्र मोदीले नेतृत्वमा गठन भएको सरकारमा उनी मन्त्री भएकी हुन् ।

स्मृतिले राजनीतिमा यति ठुलो सफलता भने यतिकै पाएकी होइनन् । यो स्थानसम्म आइपुग्न उनले विभिन्न हण्डर खेपेकी छिन् । सुरुमा उनले मिस इन्डिया हुने सपना पालिन् तर उनको त्यो सपना भने पुरा हुन सकेन । त्यसपछि कमजोर आर्थिक अवस्थाका कारण एउटा फास्ट फुड चेन रेस्टुरेन्टमा उनले काम गर्न थालिन् ।

त्यहाँ काम गर्दा गर्दै टिभि सिरियल ‘क्योंकि सास भी कभि बहु थि’ मा काम गर्ने माैका अवसर पाइन् । त्यो टिभी सिरियलमा उनले तुलसीको भुमिका निर्वाह गरेकी थिइन्।

यो टिभी सिरियल चर्चित बन्यो र स्मृतिले पनि सफलता पाइन् । यो सफलतासँगै उनले पछाडि फर्किएर हेर्नुपरेको छैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rZ2LqC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top