Photo of Milford Sound in New Zealand

काठमाडौं, जेठ २९ – साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले साउदीमै अाफुसँग अाश्रित रहेका अाफन्तकाे पनि प्रत्येक महिना एक सदस्य बराबर १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।

साउदीमा कार्यरत आप्रवासी कामदारको लागि भने प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पुर्‍याउने साउदीको लक्ष्य रहेको छ ।

देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । याे नियमकाे विषयमा निर्णय हुन बाँकी छ । अर्काे वर्षबाट लागुहुने गरि सन् २०२० सम्ममा बढाउदै लैजाने याेजना रहेकाे साउदीले जनाएकाे छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2suiMGf
via IFTTT
12 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top